मुक्तिनाथ विकास बैंक ‘द बिज अवार्ड २०२२’ बाट सम्मानित

0
Shares

मुक्तिनाथ विकास बैंक लिमिटेड वर्ल्ड कन्फेडेरेसन अफ बिजनेसको सबैभन्दा महत्वपूर्ण बिजनेस एक्सिलेन्स अवार्ड इन द वर्ल्ड ‘द बिज अवार्ड २०२२’बाट सम्मानित भएको छ।

विभिन्न ६ विधा (व्यापारमा उत्कृष्टता, व्यापारमा अबल नेतृत्व, सेवाको गुणस्तर, सेवामा सिर्जनात्मक अभ्यास आदि) मा मूल्यांकन गरी उक्त संगठनले ‘द बिज अवार्ड २०२२’बाट मुक्तिनाथ विकास बैंकलाई सम्मानित गरेको हो।

उक्त कार्यक्रमका आयोजनाकर्ता विश्वभरिका १३० वटा देशका ३ हजार ५०० भन्दा बढी व्यापार सदस्यहरुको प्रतिनिधित्व गर्दै आएको छ।

मुक्तिनाथ विकास बैंकलाई सोही क्रममा ‘बिजनेस एक्सिलेन्स सर्टिफिकेट’ र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेललाई पनि ‘बिजनेस एक्सिलेन्स सर्टिफिकेटबाट उक्त संगठनले सम्मानित गरेको हो। यस सम्मानले भविष्यमा आफ्नो व्यापार प्रणालीमा अझ थप रणनीति बनाउन र ग्राहकका लागि नविनतम सेवाहरु ल्याउन उत्साहित बनाएको बैंकले जनाएको छ।

मुक्तिनाथ विकास बैंकले यसअघि युरोपियन माइक्रो फाइनान्स अवार्ड २०२० समेत हासिल गरेको थियो भने ‘ग्लोबल एसएमई अवार्ड २०२१’को एसएमई फाइनान्सिअर अफ दि इयर–एसिया विधामा पनि बैंक सम्मानित भएको थियो।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।