ललितपुरको ग्वार्को कम्प्लेक्समा खुल्यो मल्टीब्राण्ड सपिङ्ग स्टोर बिग डिजिटल

0
Shares

ललितपुरको ग्वार्को कम्प्लेक्समा नेपालकै सबैभन्दा ठूलो मल्टीब्राण्ड सपिङ्ग स्टोर बिग डिजिटल संचालनमा आएको छ।

बुधबार एक कार्यक्रमबीच नायिका तथा उक्त स्टोरकी ब्राण्ड दूत स्वस्तिमा खड्काले स्टोरको उद्घाटन गरेकी हुन। सो कार्यक्रममा खड्काले बिग डिजिटलले उच्चकोटीको उत्पादनहरु ग्राहकलाई पस्कदै निरन्तर प्रगतिको शिखरहरु आरोहण गदै जाओस् भन्ने शुभकामना व्यक्त गरिन् ।

त्यसैगरी बिग डिजिटलका कार्यकारी प्रमुख अधिकृत विक्रमेश ओझाले अन्तर्राष्ट्रियस्तरका विविध ब्राण्डहरु सहज र सरल ढंगले नेपाली ग्राहकहरुलाई उपलब्ध गराउने ध्येयले स्टोरको स्थापना गरिएको जनाए । ‘नेपाली ग्राहकहरुको बदलिदो इच्छा एवं आकांक्षालाई परिपूर्ति गर्दै बिग डिजिटलले नेपालको सपिङ्ग क्षेत्रमा नै नँया मापदण्ड सिर्जना गर्नेमा हामी विश्वस्त छौ।’ उनले भने ।

यस सपिङ्ग स्टोरमा ९० भन्दा बढी अन्तर्राष्ट्रिय ब्राण्डका घरायसी सामग्री, मोबाइल फोन, ल्यापटप, टिभी र वाद्ध्यवादन लगायतका उत्पादनहरु उपलब्ध छन्।
ग्राहकहरुले खरिद गर्दा लक्की ड्र मार्फत विभिन्न आकर्षक उपहारहरुको अलावा १०० प्रतिशत नगद फिर्ता पनि प्राप्त गर्न सक्नेछन। त्यसैगरी उनीहरुले खरिद गरेको समानको घरमा निस् शुल्क डेलिभरी र जडानको सुविधा पनि पाउनेछन्।

बिग डिजिटलको काठमाडौँ उपत्यकामा ४ वटा नँया ठाउँहरुमा आफ्नो स्टोरहरु विस्तार गर्ने अल्पकालिन योजना छ। यस्तै यसको दिर्घकालिन योजना भनेको देशका सबै सातवटा प्रदेशहरुमा नया स्टोरहरुको स्थापना गर्नु रहेको कम्पनीले जनाएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।