गत आर्थिक वर्षमा कुन बैंकले कति गरे निक्षेप र कर्जा परिचालन ? सीडी अनुपात यस्तो


गत आर्थिक वर्षमा सञ्चालनमा रहेका २६ वाणिज्य बैंकहरुमा निक्षेप संकलन तथा कर्जा परिचालनमा नबिल बैंक अग्रस्थानमा परेको छ ।

हालसालै नेपाल बंगलादेश बैंकलाई आफुमा विलय गरेको बैंकले दुबै बैंकको तथ्यांक समायोजन गर्दा निक्षेप संकलन तथा कर्जा परिचालनमा पहिलो बनेको हो । बैंकले स्वदेशी तथा विदेशी मुद्रामा गरी कुल ३ खर्ब २९ अर्ब ५७ करोड रुपैंया निक्षेप संकलन गरेको छ ।

त्यसैगरी सबैभन्दा कम निक्षेप संकलन गर्ने बैंकमा सिभिल बैंक परेको छ । बैंकले गत आर्थिक वर्षको अवधिमा ९६ अर्ब रुपैंया मात्र निक्षेप संकलन गरेको छ ।

२६ वाणिज्य बैंकको गत आर्थिक वर्षको निक्षेप संकलनको आँकडा यस्तो छ ।

त्यसैगरी कर्जा परिचालनतर्फ पनि नबिल बैंक शीर्ष स्थानमा रहेको छ । बैंकले गत आर्थिक वर्षमा ३ खर्ब ९ अर्ब रुपैंया कर्जा लगानी गरेको छ । सबैभन्दा कम कर्जा लगानी गरेको सिभिल बैंकले ८७ अर्ब १८ करोड रुपैंया कर्जा परिचालन गरेको छ ।

२६ वाणिज्य बैंकहरुले गत आर्थिक वर्षमा गरेको कर्जा लगानीको आँकडा यस्तो छ ।

कर्जा निक्षेप अनुपातमा भने एनएमबि बैंकले सबै बैंकलाई पछि छोडेको छ । २०७९ असार ३२ गतेको तथ्यांक अनुसार एनएमबि बैंकको कर्जा निक्षेप अनुपात ७८.३५ प्रतिशत छ, यो सबैभन्दा कम हो । सबैभन्दा धेरै कर्जा निक्षेप अनुपात प्राइम बैंकको छ । असार ३२ गतेको तथ्यांक अनुसार प्राइमको कर्जा निक्षेप अनुपात ८९.७९ प्रतिशत छ ।

असार ३२ गतेको तथ्यांक अनुसार कुन बैंकको कर्जा निक्षेप अनुपात कति ? तथ्यांक यस्तो छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।