आइएमई लाइफलाई ‘केयरएनपी ट्रिपल बी’ रेटिङ्ग

0
Shares

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीलाई रेटिङ्ग एजेन्सी केयर नेपालले ‘केयरएनपी ट्रिपल बी’ रेटिङ्ग प्रदान गरेको छ ।

उक्त रेटिङ्गले समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनी जनाउँछ ।

कम्पनीले आफ्ना लगानीकर्ताहरु तथा सम्पूर्ण हितकारीहरुको सुरक्षाको निम्ती सबै जोखिमहरुलाई न्यूनीकरण गर्दै लगेको रेटिङ्गले थप पुष्टि गरेको छ । आगामी दिनमा कम्पनीले आफ्ना परिसूचकहरु अझ सशक्त गर्दै लैजाने जनाएको छ ।

कम्पनीले १४० वटा शाखा कार्यालयबाट बीमितहरुलाई सेवा दिँदै आएको छ।

कम्पनीमा २७ हजार भन्दा धेरै अभिकर्ताहरु आबद्ध रहेका छन् । कम्पनीले नविनतम सेवा उपलब्ध गराउँदै जाने क्रममा कम्पनीको वेवसाइट र मोबाइल एपमा राखिएको च्याटबोट मार्फत बीमित तथा अभिकर्ताहरुका लागि उपयोगी हुने विविध सेवा तथा सूचनाहरु प्रदान गर्दै आएको जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।