टेलिकमका विभिन्न सेवामा नयाँ अफर, कर्पोरेट रिसोर्सेज ४ गूणा बढी


नेपाल टेलिकमले साउन १ देखि लागु गरेको समर अफरमा नयाँ अफर थप गरेको छ । थप गरिएका अफरहरु साता बित्न नपाउँदै ग्राहकको रोजाईमा परेको टेलिकमद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

टेलिकमका अनुसार पहिलेदेखि नै विभिन्न आकर्षक भ्वाइस अफरहरु उपलब्ध गराइरहेकोमा हाल केही नयाँ अफर थप गरिएको हो । नयाँ अफरका रुपमा जुनसुकै समयमा सबै नेटवर्कमा कल गर्न सकिने २४ घण्टा भित्र प्रयोग गर्न सकिने अल नेट २० मिनेट भ्वाइस प्याक १५ रुपैंयामा, ३ दिन भित्र प्रयोग गर्न सकिने १०० मिनेट भ्वाइस प्याक ४९ रुपैयाँमा उपलब्ध गराइएको टेलिकमले जनाएको छ । त्यसैगरी २४ घण्टासम्म प्रयोग गर्न सकिने १ एमबीपीएस स्पिडको अनलिमिटेड डाटा पनि ४९ रुपैयाँमा उपलब्ध गराइएको छ ।

अफरमा विभिन्न प्रकारका एसएमएस प्याकलाई पनि अपडेट गर्दै नयाँ अफर थप गरिएको टेलिकमले जनाएको छ । जस अनुसार सबै नेटवर्कमा पठाउन सकिने १०० एसएमएस १ दिनको लागि १५ रुपैयाँमा, ३ दिनसम्म प्रयोग गर्न मिल्ने २०० एसएमएस २९ रुपैयाँ र २८ दिन अवधिको ३०० एसएमएस ९८ रुपैयाँमा खरिद गर्न सकिनेछ ।

कर्पोरेट युजरका लागि उपलब्ध भइरहेको सीयूजी प्याकेजमा नयाँ रिसोर्स थप गरेर अझै आकर्षक बनाइएको छ भने सीयूजी अफर अन्तर्गत उही मूल्यमा पहिले भन्दा ४ गुणासम्म बढीे डाटा भोल्युम उपलब्ध गराइएको छ । सीयूजी १ हजार मा १० जीबी डाटा प्रदान गर्दै आएकोमा अब ४० जीबी उपलब्ध हुनेछ । त्यस्तै सीयूजी १ हजार ५०० मा २० जीबी डाटा प्रदान गर्दै आएकोमा अब ८० जीबी डाटा उपलब्ध हुने टेलिकमले जनाएको छ ।

सबै नेटवर्कमा कल गर्न, डाटा चलाउन र एसएमएस पठाउन सकिने विभिन्न प्रकारको सुविधा समेत उपलब्ध गराइएको टेलिकमद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पहिले उपलब्ध अधिकांश अफरहरुलाई उही मूल्यमा थप डाटा र भ्वाइसमा थप मिनेट सहित उपलब्ध गराइएको र कतिपय अफरलाई परिमार्जन गरिएको टेलिकमको भनाई छ ।

समर अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्न ग्राहकले *1415# डायल गर्नुपर्ने छ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिने टेलिकमले जनाएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।