वायु सेवा निगमले न्यारोवडी तथा वाइडवडी खरिद गर्दा लिएको सवा अर्ब बढी ऋण तिर्यो


नेपाल वायु सेवा निगमले न्यारोवडी तथा वाइडवडी खरिद गर्दा लिएको ऋण भुक्तानी गरेको छ ।

निगमले कर्मचारी सञ्चय कोषबाट न्यारोवडी खरिदका क्रममा लिएको ४५ करोड र वाइडबडी खरिदमा लिएको ४५ करोड गरी कुल ९० करोड रुपैंया ऋण तिरेको हो । यसका साथै निगमले वाइडबडी खरिदका लागि नागरिक लगानी कोषबाट लिएको ४५ करोड पनि भुक्तानी गरेको जनाएको छ ।

विश्वव्यापी रुपमा कोभिड–१९को समयमा उड्ययन क्षेत्र रोक्किँदा नेपाल वायु निगम गम्भीर घाटामा गएको थियो । पछिल्लो समय कोरोनासम्बन्धी स्वास्थ्य मापदण्डमा आएको विश्वव्यापी खुलापनसँगै अन्तर्राष्ट्रिय उडानमा सहजता, सिट अकुपेन्सी दरमा आएको सुधार, उडानमा भएको सामान्यीकरण तथा नियमिततासँगै आम्दानीमा वृद्धि भएको छ । आम्दानीमा वृद्धि भएसँगै घाटामा गएको वायु निगम नाफामा गई दायित्व किस्ता वापतको १ अर्ब ३५ करोड रुपैयाँ भुक्तानी गरेको हो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।