देवयानी इन्टरनेशनलद्धारा नेपालगञ्जका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग


नेपालमा के.एफ.सी. र पिज्जा हट ब्रान्ड सञ्चालन गर्दै आएको बहुराष्ट्रिय कम्पनी देवयानी इन्टरनेशनल नेपाल प्रा.लि.ले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नेपालगञ्जका विद्यार्थीलाई शैक्ष्कि सामग्री सहयोग गरेको छ ।

कम्पनीले त्यहाँ सञ्चालित सामुदायिक विद्यालय तथा अनाथ आश्रममा आश्रित ५०० भन्दा बढी विद्यार्थीलाई विद्यालय व्याग, कापी लगायतका सामग्री उपलब्ध गराएको हो ।

नेपालगञ्ज स्थित दारुल उलुम बरकातिया माध्यमिक बिद्यालयका २०६ र मस्कोदिया अलि मुस्तफा प्राथमिक बिद्यालयमा १०८ जना गरि ३१४ जना बिद्यार्थीलाई प्रति विद्यार्थी एक स्कुल ब्याग र आधा दर्जन कपी प्रदान गरिएको विज्ञप्तिमा उल्लेख छ । साथै नेपालगञ्ज स्थित निल सागर सेवा आश्रममा रहेर अध्ययन गरिरहेका ३६ बिद्यार्थी लाई समेत प्रति बिद्यार्थी एक स्कुल ब्याग र आधा दर्जन कपी प्रदान गरिनुका साथै आश्रममा रहेका १५५ जना ब्यक्तिलाई खाना खुवाइएको कम्पनीले जनाएको छ ।

कम्पनीले आफ्ना सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरु बाढी, पहिरो पिडितहरु, कोरोनाको महामारीका समयमा चिकित्सकहरु र शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।