मार्जिन कारोबारमा राष्ट्र बैंक लचक, सेयर धितो कर्जामा ४/१२ को तल्लो सीमा हट्यो


नेपाल राष्ट्र बैंकले मार्जिन कर्जाको सन्दर्भमा लहच बनेको छ । बैंकले चालु आवको मौदिक नीति मार्फत एक संस्थाबाट ४ करोड मात्र मर्जा लिन सकिने व्यवस्थालाई हटाएको हो ।

केन्द्रिय बैंकले मौद्रिक नीति मार्फत समग्र बैकिङ क्षेत्रका लिने अधिकतम १२ करोड सेयर कर्जाको सीमालाई भने यथावत राखेको छ । तर एक संस्थाबाट ४ करोडको सीमा तोकिएकोमा त्यसलाई हटाएको हो ।

सीआरअर र एसएलआर बढ्यो, बैंक दर ८.५ प्रतिशत

यसभन्दा अघि राष्ट्र बैंकले मार्जिन प्रकृतिको शेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा एउटा इजाजतपत्र प्राप्त संस्थाबाट अधिकतम ४ करोड र सबै इजाजतपत्र संस्थाबाट अधिकतम १२ करोड रुपैंया कायम गरेको थियो । यो सीमा कायम गर्नका लागि ऋणीलाई कर्जाको भुक्तानी अवधि वा आगामी एक वर्ष मध्ये जुन पहिले हुन्छ सो अवधि भित्र नियमित गरिसक्नु पर्ने व्यवस्था गरेको थियो । तर, चालु आवको मौद्रिक नीतिले एक संस्थाको ४ करोडको सीमा मात्र हटाएको ।

बैंक वित्तीय संस्थाले सेयरको कर्जाको हकमा सुरक्षणवापत् राखिने सेयरको मूल्याङ्कन गर्दा नेपाल स्टक एक्सचेन्जबाट प्रकाशित पछिल्लो १८० कार्य दिनको अन्तिम मूल्यको औसत मूल्य वा शेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ, सो मूल्यको बढीमा ७० प्रतिशत रकमसम्म मात्र सेयर धितो कर्जा प्रवाह गर्न सकिने व्यवस्था छ ।

एकपटक प्रवाह गरिसकेको यस्तो कर्जाको सुरक्षणमा रहेको सेयरको पुनरमूल्याङ्कन गरी सोको आधारमा थप कर्जा सीमा कायम गर्न वा थप कर्जा प्रदान गर्न नपाइने व्यवस्था छ । सेयरको बजार मूल्यमा हुने परिवर्तनको कारणले शेयर धितो सुरक्षणको मूल्यमा कमी आएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले मूल्य अनुगमन गरी थप धितोको लागि ऋणी ग्राहकलाई सूचित गर्नु पर्नेछ । मार्जिन कल गर्दा उक्त सेयरमा प्राप्त हुने यकिन भएको हकप्रद र बोनस शेयरहरु सूचीकरण नभएको अवस्थामा समेत धितोमा राखिएको सेयर संख्यामा गणना गर्न सकिनेछ । कर्जाको अवधि एक वर्षभन्दा बढी हुने छैन ।

सेयरको धितोमा मार्जिन प्रकृतिको कर्जा उपभोग गरिरहेका ऋणीले आफुले लिएको कर्जाको सम्पूर्ण बक्यौता ब्याज भुक्तानी गरी कर्जा नियमित रहेको अवस्थामा त्यस्तो कर्जा नवीकरण गर्न सकिनेछ । मौद्रिक नीतिले यस्तो मार्जिन प्रकृतिको कर्जा बैंक तथा वित्तीय संस्थाले आफ्नो प्राथमिक पुँजीको बढीमा ४० प्रतिशतसम्म मात्र प्रवाह गर्न सक्ने व्यवस्थालाई यथावत राखेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।