पाँच करोडसम्म कर्जा लिएका व्यवसायीलाई पेनाल व्याजमा राहत


५ करोड रुपैंयासम्मको ऋण लिएका उद्यमीहरुलाई पेनाल व्याजमा राहत मिल्ने भएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत केन्द्रिय बैंकले यस्तो कर्जा लिएका उद्यमीलाई २०७९ असार मसान्तसम्ममा तिर्नुपर्ने साँवा तथा व्याज आगामी असोज मसान्तसम्ममा तिर्दा पेनाल व्याज लिन नपाउने व्यवस्था गरेको हो ।

“बैंक तथा वित्तीय संस्थाबाट अधिकतम रु.५ करोडसम्म कर्जा उपयोग गरेका उद्यम व्यवसायहरुले २०७९ असार मसान्तसम्म तिर्नुपर्ने कर्जाको साँवा तथा ब्याज २०७९ असोज मसान्तसम्म भुक्तानी गरेमा पेनाल ब्याज लिन नपाउने व्यवस्था गरिनेछ,” मौद्रिक नीतिमा उल्लेख छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।