भुक्तानी सेवाप्रदायकलाई मर्जरमा जाने बाटो खुल्यो


नेपाल राष्ट्र बैंकले हाल सञ्चालनमा रहेका भुक्तानी सेवा प्रदायकहरुलाई मर्जरमा जानका लागि बाटो खोलिदिएको छ ।

चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत केन्द्रिय बैंकले भुक्तानी सेवा प्रदायकहरुलाई मर्जरमा जान तथा बैदेशिक लगानी भित्र्याउनका लागि बोटो खालेको हो ।

भुक्तानीसम्बन्धी कार्य गर्ने अनुमति प्राप्त संस्थाहरु एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्नका लागि विद्यमान नीतिगत व्यवस्थामा पुनरावलोकन गरिने केन्द्रिय बैंकले जनाएको छ ।

साथै यस्ता संस्थाहरुमा तोकिएको सीमासम्म वैदेशिक लगानी भित्र्याउने लगायत अनुमतिसम्बन्धी विद्यमान नीतिगत व्यवस्थामा पनि पुनरावलोकन गरिने केन्द्रिय बैंकले जनाएको छ ।

भुक्तानी सम्बन्धी कामको अनुमति पाएका संस्थाहरुका लागि साइवर तथा सूचना प्रविधिसम्बन्धी
सुरक्षा मार्गदर्शन पनि जारी गर्ने केन्द्रिय बैंकले जनाएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।