घरजग्गा धितो राखी प्रयोजन नखुलेका कर्जाको हकमा राष्ट्र बैंक कठोर


नेपाल राष्ट्र बैंकले घरजग्गा धितो राखेर लिने कर्जाको सन्दर्भमा कडा नीति अबलम्बन गरेको छ ।

बैंकले चालु आवको मौदिक नीति मार्फत घरजग्गा धितोमा दिइने कर्जाको लोन टु भ्यालु रेसियो झनै घटाएको हो ।

चालु आवको मौदिक नीति मार्फत बैंक तथा वित्तीय संस्थाले घर/जग्गा धितो राखी निश्चित प्रयोजन नखुलेका नयाँ अधिविकर्ष कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा प्रवाह गर्दा कर्जा र सोको धितो सुरक्षणको बजार मूल्य बीचको अनुपात काठमाण्डौ उपत्यकाभित्र बढीमा ३० प्रतिशत र अन्य स्थानको हकमा बढीमा ४० प्रतिशतसम्म कायम गर्नुपर्ने व्यवस्था गरको छ ।

यसभन्दा अघि घरजग्गा तथा रियल स्टेट कर्जा सम्बन्धी व्यवस्था अनुसार काठमाडौं उपत्यकाभित्रको रियलस्टेट कर्जा र सोको धितो सुरक्षणको बजार मूल्य बीचको अनुपात लोन टु भ्यालु रेसियो बढीमा ४० प्रतिशत र अन्य स्थानको हकमा बढीमा ५० प्रतिशतसम्म कायम गरेको थियो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।