होन्डाले जापानस्थित प्लान्टबाट ३० प्रतिशत उत्पादन कटौती गर्ने


जापानी अटोमोबाइल कम्पनी होन्डाले जापानस्थित आफ्नो प्लान्टबाट ३० प्रतिशत उत्पादन कटौती गर्ने भएको छ ।

होन्डाको आपूर्ति श्रृङ्खला अवरोध तथा लोजिस्टीकमा समस्या आएपछि होन्डाले उतपादन कटौती गरेको हो ।

पश्चिम जापानमा अवस्थित सुजुका प्लान्टले जुलाई महिनामा १० प्रतिशत र अगस्ट महिनामा ३० प्रतिशतले उत्पादन कटौती गर्ने भएको हो । यसैगरी उत्तर दक्षिणमा रहेको सेइतामा परफेक्चरले पनि अगस्ट महिनाबाट १० प्रतिशतले कटौती गर्ने भएको हो ।

चीनमा कोभिड–१९ संक्रमण फैलिएसँगै चीनले अवलम्बन गरेको शून्य कोभिड नीतिका कारण यातायात बन्द हुँदा सेमीकन्डक्टरको अभावका कारण उत्पादनमा कटौती गर्नु परेको होन्डाले जनाएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।