वित्तीय विवरण प्रकाशन गरेका आठ वाणिज्य बैंकमा कुन सूचकमा को बलियो ?

0
Shares

साउन ८ गते आइतबारसम्म आठ वटा वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०७८/७९ को चाैथाे त्रैमासिक वित्तीय विवरण प्रकाशन गरेका छन् । हेरौं कुन बैंकको सूचक कस्तो छ :-

१. चुक्ता पुँजी र जगेडा कोष

वित्तीय विवरण प्रकाशन गरेका आठ बैंकमा ग्लोबल आइएमई बैंकको चुक्ता पुँजी सबैभन्दा धेरै २३ अर्ब ८० करोड रुपैयाँ रहेको छ । सबैभन्दा कम सनराइज बैंकको १० अर्ब १२ करोड रुपैयाँ छ ।

यसैगरी जगेडा कोष सबैभन्दा मजबुत हुने बैंकमा पनि एनआईसी एशिया बैंक पहिलाे रहेको छ । बैंकको जगेडा कोषमा १३ अर्ब ५९ करोड सञ्चित छ । सबैभन्दा कम रहेको माछापुच्छ्रे बैंकको ४ अर्ब ६८ करोड रूपैयाँ सञ्चित छ ।

२. निक्षेप संकलन र कर्जा लगानी

आठ बैंकमध्ये निक्षेप संकलनमा एनआईसी एशिया बैंकले सबैभन्दा धेरै २ खर्ब ८९ अर्ब ९० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । सनराइज बैंकले सबैभन्दा कम १ खर्ब ३१ अर्ब ६१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

कर्जा लगानीमा ग्लोबल आईएमई बैंक अगाडि छ । बैंकले सबैभन्दा धेरै २ खर्ब ५८ अर्ब ५४ करोड रुपैयाँ कर्जा लगानी गरेको हो । सबैभन्दा कम सनराइज बैंकले १ खर्ब २० अर्ब १५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

३. प्रतिसेयर नेटवर्थ, प्रतिसेयर आम्दानी, मूल्य आम्दानी अनुपात र खराब कर्जा

सार्वजनिक भएको वित्तीय विवरणका आधारमा प्रतिसेयर नेटवर्थमा पनि एनआईसी एशिया बैंकको सबैभन्दा धेरै २१७.५२ रुपैयाँ रहेको छ भने सबैभन्दा कम सिटिजन्स बैंकको सबैभन्दा कम १४५.३९ रहेको छ ।

आठ बैंकमध्ये प्रतिसेयर आम्दानीमा पनि एनआईसी एशिया बैंकको सबैभन्दा बढी ३९.१३ रुपैयाँ रहेको छ । लक्ष्मी बैंकको सबैभन्दा कम १३.८८ रुपैयाँ प्रतिसेयर आम्दानी रहेको छ ।

मूल्य आम्दानी अनुपातमा एनआईसी एशिया बैंकको सबैभन्दा धेरै १८.४१ गुणा छ भने सबैभन्दा कम सनराइज बैंकको सबैभन्दा कम १०.०२ गुणा मात्र छ ।

खराब कर्जा अनुपातमा सबैभन्दा कम सानिमा बैंकको ०.३५ प्रतिशत रहेको छ भने सिटिजन्स बैंकको सबैभन्दा धेरै १.८७ प्रतिशत खराब कर्जा अनुपात रहेको छ ।

४. खुद ब्याज आम्दानी, खुद नाफा र वितरणयोग्य नाफा

गत आवको वित्तीय विवरण सार्वजनिक गरेका आठ बैंकमध्ये एनआईसी एशिया बैंकले सबैभन्दा बढी ११ अर्ब ७७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । सबैभन्दा कम लक्ष्मी बैंकले ४ अर्ब ९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

खुद नाफामा ग्लोबल आइएमई नम्बर वान रहेको छ । खुद ब्याज आम्दानीमा दोस्रो स्थानमा रहेको बैंकको खर्च एनआईसी एशिया बैंकभन्दा कम हुँदा ५ अर्ब २१ करोड रुपैयाँ खुद नाफा कमाएको हो ।

वितरणयोग्य नाफाका आधारमा पनि ग्लोबल आईएमई बैंक अगाडि रहेको छ । गत आवमा बैंकले ३ अर्ब २० करोड रुपैयाँ वितरणयोग्य नाफा कमाएको हो । सबैभन्दा कम वितरणयोग्य नाफा सनराइज बैंकको २६ करोड मात्र रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।