एसइइको नतिजा स्पारो एसएमएसमा, परीक्षा बोर्डसँग सम्झौता


एसइइ परीक्षाको नतिजा एसएमएसबाट उपलब्ध गराउने सम्बन्धमा स्पारो एसएमएसले राष्ट्रिय परीक्षा बोर्डसँग सम्झौता गरेको छ ।

सम्झौता अनुसार स्पारो एसएमएस मार्फत परीक्षर्थीका साथै अभिभावकले सहजै एसइइको नतिजा हेर्न सक्नेछन् ।

एसइइको नतिजा सार्वजनिक भएपछि ३५००१ मा एसइइ स्पेस सिम्बोल नम्बर टाइप गरी एसएमएस पठाउनु पर्ने हुन्छ ।

परीक्षा बोर्डले यसै साता एसइइको परीक्षफल सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।