मेरो सेयरको पासवर्ड बिर्सिनु भयो ? यसरी गर्नुहोस रिसेट


एकपछि अर्को गर्दै साधारण सेयर निष्कासन भईरहेका बेला मेरो सेयरको पासवर्ड बिर्सिएर अन्यौलमा हुनेहरुले पोर्टलबाटै पासवर्ड रिसेट गर्न सकिन्छ ।

केन्द्रीय निक्षेप प्रणाली (सीडीएससी) ले पछिल्लो पटक थप गरेको यो फिचरले पासवर्ड रिसेट गर्न निक्षप सदस्यकोमा पुगिरहनुपर्ने अवस्थाको अन्त्य भए पनि धेरैले यसको उपयोग नगरिरहेको हुन सक्छ ।

मेरो सेयरको पासवर्ड रिसेट गर्नका लागि सर्वप्रथम नेपाल सिडिएस एण्ड क्लियारिङ्ग लिमिटेडको मेरो सेयरको वेवसाइटमा जानुहोस् ।

लगइन पेजको मध्य भागमा रहेको हितग्राही परिचय तथा पासवर्ड भर्ने स्थानभन्दा तल रहेको ‘फरगेट योर पासवर्ड ? अप्सनमा क्लिक गर्नुहोस् ।

अब नयाँ पेज खुल्नेछ । सिष्टमले माग गरे अनुसार आफ्नो डिम्याट खाता रहेको निक्षेप सदस्य (डीपी) छान्नुहोस् । सो पश्चात युजर नेम, ई–मेल आईडी र जन्म मिति राखेर सेन्ड बटम क्लिक गर्नुहोस् ।

याद गर्नुहोस्, तपाईले डिम्याट खाता खोल्ने क्रममा उपलब्ध गराएको इमेल ठेगाना र जन्म मिति बाहेकको अन्य विवरण उपलब्ध गराएर पासवर्ड रिसेट गर्न सकिँदैन ।

खाता खोल्दा उपलब्ध गराइएको इमेल र जन्म मिति म्याच भएपछि मेरो सेयरको प्रणालीले ई–मेल ठेगानामा मेरो सेयरको पासवर्ड रिसेट गर्ने लिङ्क पठाउनेछ । उक्त लिङ्कमा क्लिक गरेर नयाँ पासवर्ड राखी मेरो सेयर सुचारु गर्न सकिन्छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।