५४ अंकको सुधारसँगै ४ अर्ब बढीको सेयर कारोबार


सोमबार सेयर बजारमा ४ अर्बभन्दा बढी रकमको सेयर कारोबार भएको छ । मौद्रिक नीति पछिका दुवै कारोबार दिनमा तिब्र गतिमा उकालो लागेसँगै बजार परिसुचक नेप्से २१३२.९६ अंकमा उक्लिएको छ ।

सोमबार ५४.४५ अंकले बजार बढ्दा कारोबारमा आएका एकाध बाहेकका सबै कम्पनीको सेयरमूल्य बढेको छ । १७ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको बजारमा ६ कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले बढेको छ ।

नारायणी डेभलपमेण्ट बैंक, मल्टीपर्पस फाइनान्स, सूर्योदय वोमी लघुवित्त, ग्रीन डेभलपमेण्ट बैंक, युनाइटेड मोदी हाइड्रोपावर लगायत कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको बजारमा ऋणपत्र तथा सामुहिक लगानी कोषका इकाईको मूल्य घटेको छ ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स शीर्षस्थानमा रहेको बजारमा अपी पवर कम्पनीको धेरै कित्ता सेयर कारोबार भएको छ ।

समुहगत आधारमा विकास बैंकमा २१३ अंकको सुधार आएको बजारमा जीवन बीमामा २१०.७९, लघुवित्तमा १८५.९८, उत्पादनमा १७०.०९, वित्तमा १३८.१९, निर्जीवन बीमामा १२५.७७, जलविद्युतमा १०७.१३ अंकको सुधार आएको छ ।

ठुला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स ९.०५ अंकले बढेर ४०७.३८ अंकमा उक्लिएको बजारमा कारोबारयोग्य सेयरको मापन गर्ने फ्लोट इन्डेक्स ४.२ अंकले बढेर १४७.८० अंकमा उक्लिएको छ ।

बजारमा आएको तिब्र सुधारसँगै समग्र बजार पूँजीकरण ३० खर्ब ४५ अर्ब रुपैंया कायम भएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।