प्रभु क्यापिटलको ‘क्यासटिभल अफर’ सार्वजनिक, एक लाख सम्म जित्न सकिने

0
Shares


प्रभु क्यापिटल लिमिटेडले प्रभु क्यापिटल क्यासटिभल अफर संचालनमा ल्याएको छ ।

यो योजना साउन महिना देखि कार्तिक महिनाको छठ पर्व सम्म सञ्चालन हुने छ । यस क्यासटिभल अफर अन्तर्गत प्रभु क्यापिटलको मोबाइल एप डाउनलोड गर्ने हितग्राहीले एक लाख सम्म जित्नसक्ने कम्पनीले जनाएको छ ।

योजनामा सहभागी हुन ग्राहकले आफ्नो मोबाईलमा प्रभु क्यापिटलको प्रभु क्यापिटल डिजिटल एप डाउनलोड गर्नुपर्नेछ र सो मा रजिष्ट्रर गरी आफ्नो डिम्याट खाता लिंक/कनेक्ट गर्नुपर्नेछ ।

यो अफरमा मासिक रुपमा ३ जना विजेताले ५ हजार, ३ हजार र २ हजार जित्न सक्नेछन भने बम्पर योजनामा सम्पूर्ण सहभागीहरु मध्ये एक जना भाग्यशाली विजताले एक लाख जित्न सक्ने कम्पनीले जनाएको छ ।

यो योजना हालसम्म एप डाउनलोठ गरेका हितग्राहीको हकमा समेत लागू हुने कम्पनीले जनाएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।