युक्रेनलाई मद्दत गरेका युरोपेली देशहरुमा रुसले इन्धन आपूर्ति कटौती गर्दै


रुसले युरोपेलि देशमा आपुर्ति हुँदै आएको इन्धन कटौती गर्ने भएको छ । रुसले युक्रेन युद्धमा युक्रेनलाई मद्दत गरेका युरोपेली देशहरुमा रुसबाट हुने इन्धन आपूर्ति बुधबार बाट कटौती गर्ने जनाएको छ ।

रुसले इन्धन आपूर्ति कटौती गर्ने घोषणा गरे लगत्तै युरोपेली देशहरुमा इन्धन तथा ग्यासको मूल्य बढ्न पुगेको हो । सन् २०२२ को फेब्रुअरी २४मा रुसले युक्रेनमा विशेष सैनिक अप्रेशन सञ्चालन गरेपछि पूर्वी युरोप युद्धमा होमिएको थियो ।

रुसले युक्रेनमा हमला गरेपछि रुसमाथि बेलायत, अमेरिका लगायत युरोपियन युनियनका विभिन्न देशहरुले रुसमाथि प्रतिबन्ध लगाउँदै आएका छन् । प्रतिबन्धहरुको प्रतिरोध गर्दै रुसले युक्रेनलाई युद्धमा सहयोग गरेका युरोपेली देशहरुमा इन्धन आपूर्ति कटौती गर्ने जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।