इलामको फिक्कलमा सिभिल बैंकको एक्सटेन्सन काउन्टर सञ्चालनमा


सिभिल बैंकले इलाम जिल्ला, सूर्याेदय नगरपालिका, वडा नं १०, फिक्कलमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको जिल्ला समन्वय समिति, इलामका उपप्रमुख चित्रकला बराइलीले उद्घाटन गरेकी छन् ।

त्यस क्षेत्रका सेवाग्राहीहरुले बैंकको एक्सटेन्सन काउन्टर मार्पmत आफ्नो सम्पूर्ण बैंकिङ कारोबारहरु सजिलैसंग गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।

योसँगै बैंकको एक्स्टेन्सन काउण्टरको संख्या १३ पुगेको छ भने ११५ शाखा, र ९९ एटिएमबाट ७ लाखग्राहकलाई बैंकले सेवा प्रदान गर्दै आएको छ ।

बैंकले गत असार मसान्तसम्ममा ९६ अर्वभन्दा बढी निक्षेप परिचालन गरी ८७ अर्वभन्दा बढी कर्जा लगानी गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।