स्वाभिमान लघुवित्त र महालक्ष्मी विकास बैंकको संस्थापक सेयर लिलामीमा


स्वाभिमान लघुवित्त र महालक्ष्मी विकास बैंकले हाल कायम संस्थापक सेयरधनीले बिक्री गर्न खोजेको सेयर लिलामीमा रखेका छन् ।

स्वाभिमान लघुवित्तले केही सेयरधनीहरुले बिक्री गर्न खाजेको १ लाख २० हजार ८५ कित्ता सेयर लिलामीमा राखेको हो । पहिलो पटक गत जेठमा लघुवित्तले लिलामी मार्फत संस्थापकहरुबाट आवेदन माग गरेकोमा आवेदन आएको थिएन । दोस्रो पटक सूचना सार्वजनिक गर्दै सर्वसाधारणबाट आवेदन माग गरेको लघुवित्तले १५ दिनभित्र आवेदन दिन भनेको हो । रुपन्देहीको तिलोत्तमा ५ मा रहेको लघुवित्तको मुख्य कार्यालयमा आवेदन दिनुपर्ने बताइएको छ ।

उता महालक्ष्मी विकास बैंकले पनि एक जना संस्थापकले बिक्री गर्न खाजेको ७ हजार ७४६ कित्ता सेयर खरिद गर्न चाहने संस्थापकहरुलाई ३५ दिनभित्र आवेदन दिन भनेको छ । बैंकले पहिलो पटक सूचना निकालेका कारण उक्त लिलामी सेयरमा संस्थापकहरुले मात्र आवेदन दिन सक्नेछन् । बैंकको दरबारमार्ग, काठमाण्डौंस्थित मुख्य कार्यालयमा आवेदन बुझाउनुपर्ने हुन्छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।