लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले दोस्रो कार्यकाल पनि सम्हाल्ने


लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय बिक्रम शाहले दोस्रो कार्यकाल पनि लक्ष्मी बैंकमा नै बिताउने भएका छन् ।

बैंक सञ्चालक समितिले शाहदाई दोस्रो पटक बैंकको प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिने निर्णय भएसँगै आगामी ४ वर्ष शाहले बैंकको व्यवस्थापनको नेतृत्व सम्हाल्ने भएका हुन् ।

साउन ११ गते बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले शाहलाई प्रमुख कार्यकारी अधिकृतमा दोहोर्याउने निर्णय गरेको हो ।

तत्कालीन प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ लक्ष्मी बैंकबाट बाहिरिएपछि ४ वर्ष पहिले शाहले लक्ष्मी बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।