चर्चित टेलिभिजन रियालिटी शो ‘सुपर डान्सर नेपाल’ हुँदै

0
Shares

भारतको चर्चित टेलिभिजन रियालिटी शो सुपर डान्सको आधिकारिक नेपाली भर्सन सुपर डान्सर नेपाल अब कान्तिपुर टेलिभिजन मार्फत प्रसारण हुने भएको छ ।

‘सुपर डान्सर नेपाल को फिजिकल र डिजिटल गरि दुई चरणमा अडिसन सम्पन्न भईसकेको छ । जसमा नेपालभरबाट आएका थुप्रै प्रतिभाहरूको सहभागिता रहेको र केही उत्कृष्ट डान्सरहरू अर्काे चरणका लागि छानिएको समेत जनाइएको छ ।

यसै बिच ’सुपर डान्सर नेपाल’का सुपर जज मध्येका भुवन केसी चलचित्र बिकास बोर्डको अध्यक्षमा नियुक्त भएकोमा ’सुपर डान्सर नेपाल’ तथा यसको अधिकारिक निर्माण इजाजत प्राप्त कम्पनी एडी रिलिजको तर्फबाट बधाई ज्ञापन गरेको छ ।

बुधबार राजधानीमा आयोजित एक विशेष समारोहमा शो का सुपर जज एबं चलचित्र बिकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीलाई सम्मान समेत गरिएको हो ।

केसीले आफू फिल्म उद्योगको बिकासमा काम गर्ने प्रतिबद्धता जनाउँदै यो नयाँ शोलाई लिएर उत्साहित रहेको बताए । सो अवसरमा सुपर डान्सर नेपालको निर्देशकमा भुषण दाहाल रहने कुरा समेत पहिलोपटक जानकारी गराइयो । निर्देशक दाहालले शोको एक्सन कट मात्र नभई आफूले शोमा रहेका हरेक विधाका साथीहरूको एउटा संयोजकको रूपमा काम गर्ने बताए।

सुपर डान्सर नेपालका प्रोजेक्ट हेड शशांक पोखरेलले यो शोले अरु शो जस्तो प्रतिस्पर्धा मात्र नगराई बच्चाहरूमा भएको प्रतिभालाई अझै निर्खानमा जोड दिने बताए।

सुपर डान्सर भारतमा समेत अहिलेसम्मकै सबैभन्दा ठूलो तथा सर्वाधिक रुचाइएको बालबालिका र परिवार लक्षित टीभी शो हो । चारदेखि १४ वर्ष उमेर समूहका बालबालिकाबीच प्रतिस्पर्धा हुने यो रियालिटी शोको निर्णायकमा भुवन केसीसँगै अभिनेत्री जसिता गुरुङ र ख्यातिप्राप्त कोरियोग्राफर सुरेन्द्र राई छन् ।

यस कार्यक्रमको होस्टमा अभिनेता विल्सनविक्रम राई र नृत्याङ्गना बुगिउगी बिजेता कविता नेपाली रहने भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।