नेपाल बैंकको ‘डबल धमाका मुद्दती खाता’ योजना सार्वजनिक

0
Shares

नेपाल बैंकले ‘नेपाल बैंक डबल धमाका मुद्दती खाता’ योजना सञ्चालनमा ल्याएको छ।

उक्त योजनाअन्तर्गत मुद्दती खातामा लगानी गरेको रकम ६ वर्ष ४ महिना २० दिनमा दुई गुणा हुने छ। संस्थाको हकमा ७ वर्ष ३ महिनामा मुद्दतीको रकम दुई गुणा हुने बैंकले जनाएको छ।

त्यसैगरी रेमिट्यान्सबाट प्राप्त रकम उक्त मुद्दती खातामा लगानी गर्दा ५ वर्ष १ महिना ४ दिनमा डबल हुनेछ।

मुद्दती खाता खोल्ने ग्राहकहरूले ५ लाख रूपैयाँसम्मको क्रेडिट कार्ड सुविधा लगायत अन्य आकर्षक सुविधाहरू पनि प्राप्त गर्ने सकिने तथा नेपालभरका सम्पूर्ण शाखाहरू मार्फत उक्त मुद्दती खाता खोल्न सकिने बैंकले जनाएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।