‘तेस्रो द ब्रिटिस कप २०२२’ हुँदै, विजेतालाई एक लाखसम्म पुरस्कार


द ब्रिटिस कलेजले ‘तेस्रो द ब्रिटिस कप २०२२’ इन्टर कलेज फुटसल टोर्नामेन्ट आयोजना गर्ने भएको छ । आइतबार एक कार्यक्राम गर्दै कलेजले यस्तो जनाएको हो । कलेजले उक्त टोर्नामेन्ट अगस्ट ४ देखि ५ सम्म बालुवाटारस्थिति ढुकु फुटसलमा गर्ने भएको छ ।

कलेजले पहिलो र दोस्रो द ब्रिटिस कप क्रमशः सन् २०१८ र २०१९ मा भएको थियो । तर, त्यसपछि लगातार दुई वर्ष कोरोना महामारीका कारण उक्त प्रतियोगिता हुन सकेको थिएन । तर, यो प्रतियोगितालाई थप रोमाञ्चक बनाउने रणनीतिका साथ पुनः तयारी गरिएको कलेजले जनाएको छ । उक्त प्रतियोगितामा १३ कलेजहरुबीच प्रतिस्पर्धा हुने कलेजले जनाएको छ ।

सो कार्यक्रममा ब्रिटिस कलेजसहित लिटल एन्जल्स, सफ्टोरिका, प्राइम, एपेक्स, आइआइएमएस, सिल्भर माउन्टेन, पिसिपीएस कलेज, एस इन्टरनेशनल, थेम्स कलेज, क्याम्पियन कलेज, कुसोम, द ब्रिटिस प्रोफेसनल कलेजले प्रतियोगितामा भाग लिने भएका छन् । विजयी टिमले एक लाख नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । त्यस्तै, पहिलो रनर अपले ५० हजार नगद, उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकले नगद दश हजार रुपैयाँ पाउनेछन् ।

उक्त प्रतियोगिताको मुख्य प्रायोजक ब्रिटिस अमेरिकन एडुकेयर रहेको छ । त्यस्तै, अन्यमा एयरलाइन्स पार्टनर टर्किस एयरलाइन्स, ट्राभल पार्टनर स्वा ट्राभल्स, होलिडे ट्राभल्स, सिनेमा पार्टनर, क्युएफएक्सस् हस्पिटालिटी पार्टनर, मोजो बुटिक होटल र मेडिकल पार्टनर भयोदा हस्पिटल प्रायोजक रहेका छन् ।

द ब्रिटिस कलेजका मार्केटिङ प्रमुख अमरदिप मण्डलले भने, ‘कोरोना महामारीको कारण केही वर्ष यो कार्यक्रम हुन पाएको थिएन । नयाँ उत्साहका साथ पुनः यो कार्यक्रम गर्न पाउँदा खुसी छौं । पहिले भन्दा पनि धेरै टोलीहरूलाई सहभागी गराई यस इभेन्टलाई अझै उत्कृष्ट बनाउन प्रतिबद्ध छौं । सहभागी हुने सम्पूर्ण प्रायोजक तथा कलेजहरू, विद्यार्थी स्वयंसेवकहरू र आयोजक समितिलाई धन्यवाद दिन चाहन्छु । प्रतियोगितामा सहभागी सम्पुर्ण टोलीलाई शुभकामना छ ।’

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।