प्रभु र सेन्चुरी बैंक १ बराबर १ अनुपातमा मर्जरमा जाने, प्रमुख कार्यकारीको जिम्मेवारी शेरचनलाई


प्रभु बैंक र सेन्चुरी कमर्सियल बैंक एक आपसमा मर्ज हुने भएका छन । आइतबार दुई बैंकका बिचमा मर्जरमा जाने सम्झौता भएको हो ।

काठमाडौंमा आयोजित कार्यक्रमका बिच प्रभु बैंकका अध्यक्ष लिला प्रकाश सिटौला र सेन्चुरीका अध्यक्ष राजेश कुमार श्रेष्ठले मर्जर सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन । दुई बैंकका बिचमा १ बराबर १ को अनुपातमा सेयर आदान प्रदान हुने गरि सम्झौता गरिएको प्रभुका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिए ।

सम्झौता अनुसार मर्जर पछि बन्ने संस्थाको नाम प्रभु बैंक हुनेछ भने ७ सदस्यीय संचालक समितिमा प्रभुका तर्फबाट ४ र सेन्चुरीबाट ३ जनाको प्रतिनिधित्व हुनेछ ।  प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी हालको प्रभु बैंकका प्रमुख कार्यकारी अशोक शेरचनले पाउने छन । बरिष्ठ नायब प्रमुख कार्यकारीको जिम्मेवारी भने हालको सेन्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेलाई दिने सम्झौता भएको हो ।

केन्दृय बैंकको नीति अनुसार मर्जरमा जाने सम्झौता गरिएको प्रभु बैंकका प्रमुख कार्यकारी शेरचनले बताएका छन । हाल प्रभु बैंकको चुक्ता पुजी १२ अर्ब ७० करोड र सेन्चुरीको ९ अर्ब ५५ करोड छ । मर्जर प्रकृयाले पुर्णता पाएपछी प्रभु बैंकको चुक्ता पुजी २२ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ भने कुल पुजीकोष ३१ अर्ब ७१ करोड रुपैयाँ हाराहारी पुग्नेछ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।