सिताराम डेरीको नयाँ बिक्री केन्द्र किर्तीपुरको नयाँबजारमा

0
Shares


सीताराम गोकुल मिल्क्स काठमाण्डौंले सिताराम दुध तथा दुधद्धारा उत्पादित दुग्धजन्य पदार्थहरुको बिक्री केन्द्र किर्तीपुरको नयाँबजारमा आजबाट संचालनमा ल्याएको छ ।

दुध तथा दुग्धजन्य पदार्थ उत्पादन र बिक्री बितरणको २७ बर्ष पुगी २८ बर्ष प्रबेशको यो अवसरमायो सिताराम डेरीको चौथो तथा आफनै दोश्रो बिक्री केन्द्र हो ।

किर्तीपुरको नयाँबजारमा आज खुलेको यो सिताराम डेरीको बिक्री केन्द्रको उद्घाटन हास्य अभिनेत्री दिपाश्री निरौला, हास्य कलाकार नायक दिपकराज गिरी र हास्य कलाकार जीतु नेपाल मुन्द्रेले संयुक्त रुपमा गरेका हुन।

किर्तीपुरमा खोलिएको सिताराम दुध बिक्री केन्द्रबाट आम ग्राहकहरुले सितारमा दुध तथा यसबाट बनेमा बिभिन्न उत्पादनहरु गुणस्तरीय र ताजा पाउने कम्पनीले जनाएको छ । हामी हरेक मानिसहरुलाई गुणस्तरीय उत्पादनहरु बिगत २७ बर्षदेखि उपलब्ध गराइरहेका छौ र आज अनि भोलिपनि हामी यहिलाई निरन्तरता दिदै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौ । कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

चाडै नै अन्य स्थानमा पनि फ्रन्चाइज मोडलमा र बिशेष मोडलमा बिक्री केन्द्र खोल्दै उत्पादनहरुको पहुँच आम ग्राहकसमक्ष पुरयाउने सिताराम गोकुल मिल्कस् काठमाण्डौंका अध्यक्ष सुमित केडियाले बताए । यसका साथसाथै यो सितारमा दुधको बिक्री केन्द्र खोलेको शुभअवसरमा सितारमका हरेक उत्पादनमा यो श्रावण महिनाभरी ५% छुटको व्यवस्था गरिएको समेत उनले जानकारी दिए ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।