एनआईसी एशिया क्यापिटलले ५५ प्रतिशत लाभांश वितरण गर्ने


एनआईसी एशिया क्यापिटलले गत आर्थिक वर्षको कमाईबाट ५५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । साउन १५ गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले ५५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लाभांश वितरणको प्रस्ताव पारित गर्न क्यापिटलले आगामी भदौ ८ गते छैठौं वार्षिक साधारण सभा समेत बोलाउने निर्णय गरेको छ ।

क्यापिटलको रजिष्टर्ड कार्यालय, थापाथली, काठमाडांैमा बेलाइएको साधारण सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने तथा संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ५५ प्रतिशत (कर सहित) का दरले हुन आउने ११ करोड रुपैयाँ नगद लाभांश प्रस्ताव पारित गर्दैछ ।

क्यापिटल एनआईसी एशिया बैंकको शतप्रतिशत लगानी भएको संस्था हो । क्यापिटलले विबरण गर्ने लाभांश बैंकको आम्दानी हुनेछ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।