बेनेली मोटो ब्लगर्स सम्मेलन सम्पन्न

0
Shares


बेनेली नेपालले मोटो ब्लगर्स सम्मेलन सम्पन्न गरेको छ।

कम्पनीले सिर्जनाकर्ता, निर्माता र भिडियोग्राफी प्रयोग गरेर आफ्नो रचनात्मक विचारलाई जीवन्त बनाउन मन पराउने व्यक्तिका लागि मोटोब्लगर्स सम्मेलनको आयोजना गरेको जनाएको छ।

उक्त सम्मेलनमा ४० भन्दा बढी मोटोब्लगर्स सहभागी थिए।

सम्मेलनले मोटोब्लगर्सहरूलाई सडक सुरक्षा, गैरकानुनी परिमार्जनहरू बारे शिक्षा दियो भने मोटोब्लगर्सहरूले पनि आफ्नो यात्रा साझा गरे।

उक्त कार्यक्रममा ७५२ एस, टीएनटी ६०० आई ३०२ एस टीआरके २५१ र पेसारो १२५ जस्ता फ्ल्यागसिप मोडेलहरु प्रदर्शन गरेको थियो।

बेनेलीको स्थापना टेरेसा बोनी बेनेली परिवारद्वारा पेसारो, इटालीमा सन् १९११ मा भएको थियो । बेनेली २ वटा सबैभन्दा पुरानो इटालियन मोटरसाइकल ब्रान्डहरू मध्ये एक हो।

बेनेली एउटा ब्रान्ड हो जसले सडक र खेलकुद प्रदर्शन गर्ने मोटरसाइकल मात्र नभई प्रिमियम स्कुटरहरू पनि प्रदान गर्दछ। हाल बेनेली ९० भन्दा बढी देशमा रहेको छ ।

केटीएम इन्टरनेशनल ट्रेडिङ प्रा. लिमिटेड नेपालमा बेनेली र किवे ब्रान्डको आधिकारिक वितरक हो र सन् २०१५ देखि सञ्चालनमा रहेको छ । हाल यसले थ्रीएस सुविधासहित २६ आउटलेटहरूको डिलर नेटवर्क सञ्चालन गरिरहेका छन्।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।