टाटा मोटर्सको जुलाईको मासिक बिक्री अहिले सम्मकै उच्च

0
Shares

टाटा मोटर्सले गत जुलाई महिनाको आफ्नो बिक्री तथ्यांक सार्वजनिक गरेको छ ।

विगत एक वर्ष देखि उल्लेखनीयरुपमा भारतीय बजारमा बिक्रि भईरहेको यस कम्पनीको विक्री परिमाण उक्त महिना पनि उच्च रहेको जनाएको छ ।

यस वर्षको जुलाई महिनामा टाटा ब्राण्डका ४७ हजार ५०५ वटा गाडीहरु विक्री भयो जबकि अघिल्लो वर्षको यसै महिना ३० हजार १८४ वटा गाडीहरु विक्री भएको थियो । तुलनात्मक हिसाबले यो ५७ प्रतिशतले बढेको कम्पनीले जानकारी दिएको छ ।

नेक्सन एसयुभी टाटा मोटर्सको सबैभन्दा बढी बिक्रि हुने मोडेल हो र यो सम्पूर्ण गाडी उद्योगको सबैभन्दा वढी बिक्रि हुने ५ गाडीहरुमध्ये एक पनि हो । यस एसयुभीको अलावा पन्च र एल्ट्रोजको बजार विक्री अवस्था पनि निरन्तर रुपमा उत्साहजनक बन्दै गएको छ । परिणामस्वरुप टाटाका गाडीहरुको कूल बिक्रीको वृद्धिमा प्रत्येक महिना नयाँ/नयाँ रेकर्डको कायम भईरहेको छ ।

गत महिना ५ हजार ४३३ वटा टाटा टिगोरको (कम्प्याक्ट सेडान) बिक्री भएको थियो । यो मासिक बिक्री संख्या यसको सन् २०१७ को मार्च महिनामा बजारमा सार्वजनिक भएपछिको सबैभन्दा उच्च हो ।

नेक्सन, टियागो र टिगोरको संरचनामा सन् २०२० को सुरुवातमा परिमार्जन भए पश्चात यी तिनै वटा गाडीहरुको बिक्री परिमाणमा ठूलो मात्रामा बढेको छ । गत वर्षको जुलाई महिनाको तुलनामा यस वर्ष सोही महिनामा नेक्सनको बिक्रीमा १०५ प्रतिशतले वृद्धि भएको छ । यसरी यस गाडीले टाटा ब्राण्डको कूल वृद्धिमा ६४ प्रतिशत हिस्सा ओगटेको छ ।

सन् २०२१ को अन्तिमतिर बजारमा ल्याइएको पन्च माइक्रो एसयुभीको बिक्री दर पनि गत महिना सबैभन्दा उच्च रहेको छ । सुरक्षाको लागि उपाधि प्राप्त यो पाँच सिट क्षमताको गाडी अल्फा प्ल्याटफर्म मा आधारित दोश्रो मोडल हो ।

गत महिना ११ हजार ७ वटा पन्च बिक्री भएको थियो जसका कारण टाटा मोटर्सले भारतीय चारपांग्रे बजारको मासिक बिक्री परिमाणमा एक अर्को नयाँ रेकर्ड कायम गर्न सफल भएको छ ।

टाटा मोटर्सको नेक्सन ईभी र टिगोर ईभीको गत महिना कूल बिक्री संख्या ४ हजार २२ रहेको छ । यो संख्या कम्पनीको आजसम्मकै विद्धुतीय गाडीको क्षेत्रमा सबैभन्दा उच्च हो । आफ्नो विद्धुतीय गाडीहरुको बढ्दो लोकप्रियताबाट उत्साहित हुदै कम्पनीले ठूलो ब्याट्री प्याक र लामो दूरी तय गर्नसक्ने क्षमता भएको नेक्सन ईभी म्याक्स बजारमा ल्याएको हो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।