नौं विकास बैंकको दश सूचकमा हेर्नुहोस् चौथो त्रैमासिक तुलनात्मक अध्ययन

0
Shares

१.खुद नाफा । 

गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्ममा सञ्चालनमा रहेका विकास बैंकमध्ये ९ बैंकले वित्तीय विवरण सार्वजनिक गरेका छन् । यस अवधिमा ती बैंकहरूले ४ अर्ब ६५ करोड १९ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

शुक्रबारसम्म वित्तीय विवरण सार्वजनिक गरेका बैंकमध्ये मुक्तिनाथ विकास बैंकले सबैभन्दा धेरै १ अर्ब ३७ करोड २५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । सप्तकोशी डेभलपमेन्ट बैंकले सबैभन्दा कम १ करोड ६६ लाख ९७ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको छ ।

यस्तै गरिमा विकास बैंकले १ अर्ब ५ करोड ६६ लाख, लुम्बिनी विकास बैंक ६७ करोड ५६ लाख ३२ हजार, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक ६४ करोड ५२ लाख ८९ हजार, सांग्रिला डेभलपमेन्ट बैंकले ५९ करोड ५८ लाख १५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । 

मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्ममा १५ करोड ३६ लाख ६८ हजार, एक्सेल डेभलपमेन्ट बैंकले ११ करोड ४० लाख ६ हजार र ग्रीन डेभलपमेन्ट बैंकले २ करोड ४१ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएको हो ।

२. वितरणयोग्य नाफा

गत आवमा मुक्तिनाथ विकास बैंकले ८१ करोड ५९ लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको छ । यस्तै गरिमा विकास बैंकले ७५ करोड २ लाख, लुम्बिनी विकास बैंकले ४७ करोड ९२ लाख, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ४७ करोड, सांग्रिला डेभलपमेन्ट बैंकले ३४ करोड ८६ लाख, मितेरी डेभलपमेन्ट बैंकले १० करोड ९५ लाख, एक्सेल डेभलपमेन्ट बैंकले ४ करोड ४२ लाख, ग्रीन डेभलपमेन्ट बैंकले २ करोड ४१ लाख वितरणयोग्य नाफा कमाएको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको वितरणयोग्य नाफा ७ करोड १० लाख ऋणात्मक छ ।

S.N. SYMBOL NET INT. INCOME NET PROFIT DISTRIBUTABLE PROFIT
1 MNBBL  3376579.04 1370025.82 815998.71
2 GBBL  2610821.86 1056653.23 750290.95
3 LBBL  1576090.16 675632.11 479226.16
4 SHINE  1665485.37 645289.15 470002.66
5 SADBL  1747961.93 595815.10 348621.91
6 MDB  307254.44 153668.34 109509.44
7 EDBL  457476.21 114006.73 44278.23
8 GRDBL  120513.91 24187.98 24187.98
9 SAPDBL  228216.56 16697.14 -71012.14
  Total 12090399.48 4651975.60 2971103.91

३. खुद ब्याज आम्दानी

मुक्तिनाथ विकास बैंकले गत आवमा ३ अर्ब ३७ करोड ६५ लाख रुपैयाँभन्दा धेरै खुद बयाज आम्दानी गर्दा गरिमा विकास बैंकले २ अर्ब ६१ करोड ८ लाख बढी तथा सांग्रिला डेभलपमेन्ट बैंकले १ अर्ब ७४ करोड ७९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आवमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १ अर्ब ६६ करोड ५४ लाख र लुम्बिनी विकास बैंकले १ अर्ब ५७ करोड ६० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

एक्सेल डेभलपमेन्ट बैंकले गत आवमा ४५ करोड ७४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गर्दा मितेरी डेभलपमेन्ट बैंकले ३० करोड ७२ लाख, सप्तकोशी डेभलपमेन्ट बैंकले २२ करोड ८२ लाख र ग्रीन डेभलपमेन्ट बैंकले सबैभन्दा कम १२ करोड ५ लाख रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको छ ।

४. प्रतिसेयर आम्दानी

गत आवमा मुक्तिनाथ विकास बैंकको सबैभन्दा धेरै २४.२१ रुपैयाँ वार्षिक प्रतिसेयर आम्दानी कायम गरेको छ । यसैगरी गरिमा विकास बैंकको २३.०७ रुपैयाँ, लुम्बिनी विकास बैंकको २०.५७ रुपैयाँ, सांग्रिला डेभलपमेन्ट बैंकको १९.७९ रुपैयाँ, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक १७.०६ रुपैयाँ, मितेरी डेभलपमेन्ट बैंकको १७ रुपैयाँ रहेको छ ।
यस्तै एक्सेल डेभलपमेन्ट बैंकको ९.१२ रुपैयाँ, ग्रीन डेभलपमेन्ट बैंकको ४.६६ रुपैयाँ र सप्तकोशी डेभलपमेन्ट बैंकको २ रुपैयाँ मात्र रहेको छ ।

५. रिर्टन अन इक्वीटी

शुक्रबारसम्म वित्तीय विवरण सार्वजनिक गरेका ९ विकास बैंकमध्ये मुक्तिनाथ विकास बैंकको लगानीमा प्रतिफल सबैभन्दा धेरै १६.९१ रुपैयाँ रहेको छ । बैंकको सेयरमा १०० रुपैयाँ लगानी गर्दा गत आवमा करिब १७ रुपैयाँ कमाई देखिएको हो ।

मुक्तिनाथपछि गरिमा विकास बैंकमा १५.९६, सांग्रिला डेभलपमेन्ट बैंक १३.९८, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक ११.९३, मितेरी डेभलपमेन्ट बैंक ११.७९ र लुम्बिनी विकास बैंकमा ११.६१ प्रतिशतको लगानीमा प्रतिफल देखिएको छ । बाँकी बैंकको १० रुपैयाँभन्दा कम छ ।
एक्सेल डेभलपमेन्ट बैंकमा ६.४८ प्रतिशत प्रतिफल पाउँदा ग्रीन डेभलपमेन्ट बैंकमा ४.१८ र सप्तकोशी डेभलपमेन्ट बैंकमा सबैभन्दा कम १.९५ रुपैयाँ मात्र प्रतिफल रहेको छ ।

६. खराब कर्जा अनुपात

गत आवमा मुक्तिनाथ विकास बैंकको सबैभन्दा कम ०.२१ प्रतिशत मात्र खराब कर्जा अनुपात हुँदा गरिमा विकास बैंक ०.८५, मितेरी डेभलपमेन्ट बैंक ०.९०, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक ०.९६, सांग्रिला डेभलपमेन्ट बैंक ०.९८, लुम्बिनी विकास बैंक १.६८, एक्सेल डेभलपमेन्ट बैंक २.७९, ग्रीन डेभलपमेन्ट बैंक १.४८ र सप्तकोशी डेभलपमेन्ट बैंकको खराब कर्जा अनुपात सबैभन्दा धेरै ४.३८ प्रतिशत रहेको छ ।

S.N. SYMBOL EPS ROE NPL BOOK VALUE
1 MNBBL  24.21 16.91 0.21 143.21
2 GBBL  23.07 15.96 0.85 144.57
3 LBBL  20.57 11.61 1.68 177.19
4 SADBL  19.79 13.98 0.98 141.53
5 SHINE  17.06 11.93 0.96 143.03
6 MDB  17.00 11.79 0.90 144.31
7 EDBL  9.12 6.48 2.79 140.84
8 GRDBL  4.66 4.18 1.48 111.54
9 SAPDBL  2.00 1.95 4.38 102.59

७. चुक्ता पुँजी

मुक्तिनाथ विकास बैंक चुक्ता पुँजीको आधारमा सर्वाधिक ५ अर्ब ६५ करोड ७१ लाख रुपैयाँ सहित प्रथम स्थानमा रहेको छ ।

मुक्तिनाथपछि गरिमा विकास बैंकको ४ अर्ब ५७ करोड, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक ३ अर्ब ७८ करोड, लुम्बिनी विकास बैंक ३ अर्ब २८ करोड, सांग्रिला डेभलपमेन्ट बैंक ३ अर्ब १ करोड रुपैयाँ रहेको छ ।

यस्तै एक्सेल डेभलपमेन्ट बैंकको १ अर्ब २४ करोड, मितेरी डेभलपमेन्ट बैंकको ९० करोड ३४ लाख, सप्तकोशी डेभलपमेन्ट बैंक ८३ करोड ४३ लाख र ग्रीन डेभलपमेन्ट बैंकको सबैभन्दा कम ५१ करोड ९० लाख रुपैयाँ रहेको छ ।

८. प्रतिसेयर नेटवर्थ

प्रतिसेयर नेटवर्थमा लुम्बिनी विकास बैंक सबैभन्दा अगाडि छ । बैंकको १७७.१९ रुपैयाँ प्रतिसेयर नेटवर्थ कायम रहँदा गरिमा विकास बैंक १४४.५७, मितेरी डेभलपमेन्ट बैंक १४४.३१, मुक्तिनाथ विकास बैंकको १४३.२१ र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १४३.०३ रुपैयाँ रहेको छ ।

यस्तै सांग्रिला डेभलपमेन्ट बैंकको १४१.५३ रुपैयाँ, एक्सेल डेभलपमेन्ट बैंक १४०.८४, ग्रीन डेभलपमेन्ट बैंकको १११.५४ र सप्तकोशी डेभलपमेन्ट बैंकको सबैभन्दा कम १०२.५९ रुपैयाँ रहेको छ ।

 

S.N. SYMBOL PAID-UP RESERVE DEPOSITS LOANS
1 MNBBL  5657180.86 2444338.75 104655370.36 86901976.95
2 GBBL  4579892.40 2041037.91 68410212.44 58322290.72
3 SADBL  3010669.66 1250294.64 48775395.15 40842517.97
4 SHINE  3781009.01 1627004.22 43276547.75 34496611.42
5 LBBL  3284292.51 2535066.87 42873977.59 38081068.00
6 EDBL  1249694.47 510318.49 11750563.82 10233641.19
7 MDB  903428.07 400319.87 6064593.31 4830745.83
8 SAPDBL  834338.43 21597.78 4471694.74 4250962.25
9 GRDBL  519000.00 59895.78 2923747.78 2581572.78
  Total 23819505.42 10889874.30 333202102.94 280541387.10

९. निक्षेप संकलन र कर्जा लगानी

मुक्तिनाथ विकास बैंक निक्षेप संकन र कर्जा लगानी दुबै अगाडि रहेको छ । बैंकले २०७९ असार मसान्तसम्ममा १ खर्ब ४ अर्ब ६५ करोड रुपैयाँ निक्षेप संकलन गरी ८६ अर्ब ९० करोड १९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

यसैगरी गरिमा विकास बैंकले ६८ अर्ब ४१ करोड रुपैयाँ निक्षेप संकलन गरी ५८ अर्ब ३२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । सांग्रिला डेभलपमेन्ट बैंकले ४८ अर्ब ७७ करोड रुपैयाँ निक्षेप संकलन गरी ४० अर्ब ८४ करोड रुपैयाँ कर्जा लगानी गर्दा लुम्बिनी विकास बैंकले ४२ अर्ब ८७ करोड रुपैयाँ निक्षेप संकलन गरी ३८ अर्ब ८ करोड रुपैयाँ कर्जा गरेको छ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ४३ अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरी ३४ अर्ब ४९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

यस्तै गत आवमा एक्सेल डेभलपमेन्ट बैंकले ११ अर्ब ७५ करोड रुपैयाँ निक्षेप संकलन गरी १० अर्ब २३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । मितेरी डेभलपमेन्ट बैंकले ६ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ८३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । सप्तकोशी डेभलपमेन्ट बैंकले ४ अर्ब ४७ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब २५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । ग्रीन डेभलपमेन्ट बैंकले गत आवमा सबैभन्दा कम २ अर्ब ९२ करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ५८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

१०. जगेडा कोषमा १० अर्ब ८८ करोड

वित्तीय विवरण सार्वजनिक भएका ९ विकास बैंकको जगेडा कोषमा १० अर्ब ८८ करोड ९८ लाख ७४ हजार रुपैयाँ सञ्चित रहेको छ । जसमध्ये लुम्बिनी विकास बैंकको जगेडा कोषमा सर्वाधिक २ अर्ब ५३ करोड ५० लाख रुपैयाँ सञ्चित रहेको छ ।

दोस्रो ठूलो जगेडा कोष रहेको मुक्तिनाथ विकास बैंकमा २ अर्ब ४४ करोड बराबर रहेको छ । यस्तै गरिमा विकास बैंकको २ अर्ब ४ करोड १० लाख रुपैयाँ सञ्चित रहेको छ ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको जगेडा कोषमा १ अर्ब ६२ करोड ७० लाख, सांग्रिला डेभलपमेन्ट बैंकको १ अर्ब २५ करोड २ लाख, मितेरी डेभलपमेन्ट बैंकको ४० करोड ३ लाख, एक्सेल डेभलपमेन्ट बैंकको ५१ करोड ३ लाख, ग्रीन डेभलपमेन्ट बैंकको जगेडा कोषमा ५ करोड ९८ लाख र सप्तकोशी डेभलपमेन्ट बैंकको जगेडा कोषमा २ करोड १६ लाख रुपैयाँ सञ्चित रहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २० साउन २०७९, शुक्रबार  १६ : ४३ बजे