वाणिज्य बैंकहरुको एक वर्षको नाफा पौने एक खर्ब

0
Shares

गत आर्थिक वर्षमा २६ वाणिज्य बैंकहरुले पौने एक खर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन । संचालनमा रहेका २६ वाणिज्य बैंकले ७४ अर्ब ४७ करोड रुपैयाँ नाफा गरेका हुन्। ।

बैंकहरुको यस्तो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २३ प्रतिशत धेरै हो ।अघिल्लो आर्थिक वर्षमा वाणिज्य बैंकहरुले ६० अर्ब ४१ करोड रुपैयाँ खुद नाफा कमाएका थिए ।

गत आर्थिक वर्षमा सबैभन्दा बढी नाफा कमाउनेमा राष्ट्रिय वाणिज्य बैंक पहिलो बनेको छ। २६ वाणिज्य बैंक मध्ये राष्ट्रिय वाणिज्य बैंकले ५ अर्ब २१ करोड नाफा कमाएकोे हो। बैंकले गत आर्थिक वर्षमा नाफा ३७ प्रतिशतले बढाएको हो ।

दोस्रो हुने ग्लोबल आईएमई बैंकले ५ अर्ब २० करोड रुपैयाँ नाफा गरेको छ । गत आवमा पाँच अर्ब बढी नाफा गर्नेमा राष्टिय वाणिज्य बैंक र ग्लोबल आईएमई मात्र रहेका छन ।

तेस्रोमा रहेको नबिल बैंकले ४ अर्ब ९७ करोड रुपैयाँ नाफा कमाएको छ। नबिलले एनबी बैंकलाई प्राप्ती गरेर एकीकृत कारोबार सुरु गरिसकेको छ। त्यस्तै चौथोमा एनआईसी एसिया बैंकले ४ अर्ब ५२ करोड रुपैयाँ नाफा कमाएको छ।

पाँचौ रहेको नेपाल इन्भेष्टमेन्ट बैंकले ४ अर्ब ८ करोड रुपैयाँ नाफा कमाएको छ। चार अर्ब बढी नाफा कमाउने तीन बैंक परेका छन । नबिल, एनआईसी एशिया र नेपाल इन्भेष्टमेन्ट बैंकले चार अर्ब बढी नाफा कमाएका छन ।

यसैगरी प्राइम बैंककले ३ अर्ब ६८ करोड, नेपाल बैंकको ३ अर्ब २६ करोड तथा सिद्धार्थ बैंकले ३ अर्ब २१ करोड नाफा कमाएका छन ।

कुमारी बैंकको २ अर्ब ८३ करोड, मेगा बैंकको २ अर्ब ८३ करोड, कृषि विकास बैंकको २ अर्ब ६९ करोड , प्रभु बैंकको नाफा २ अर्ब ६० करोड, एभरेष्ट बैंकको २ अर्ब ५४ करोड, हिमालयन बैंकको २ अर्ब ४८ करोड, सानिमा बैंकको २ अर्ब २९ करोड नाफा कमाएका छन ।

यसैगरी स्टयान्डर्ड चार्टर्ड बैंकको २ अर्ब २६ करोड, सिटिजन्स बैंकको २ अर्ब २५ करोड माछापुच्छ्रे बैंकको २ अर्ब १६ करोड, सनराइज बैंकको २ अर्ब १५ करोड खुद नाफा छ । त्यस्तै एनसीसी बैंकले २ अर्ब २ करोड नाफा कमाएको छ ।

त्यस्तै बैंक अफ काठमाण्डू १ अर्ब ८२ करोड , एसबीआई बैंकको १ अर्ब ६३ करोड , लक्ष्मी बैंकको १ अर्ब ६० करोड, सिभिल बैंकको १ अर्ब ३८ करोड तथा सेञ्चुरी बैंकको नाफा १ अर्ब ३५ करोड रुपैयाँ छ ।

गत आर्थिक वर्षमा ठुला बैंकभन्दा साना बैंकले धेरै नाफा बढाएका छन । सिभिल बैंकले सबैभन्दा धेरै १६२ प्रतिशतले नाफा बढाएको छ। यस्तै सेञ्चुरी बैंकले ११५ प्रतिशतले नाफा बढाएको छ ।

गत वर्ष तीनवटा बैंकको नाफामा गिरावट देखिएको छ। सानिमा बैंक, कृषि विकास बैंक र हिमालयन बैंकको नाफा घटेको हो । कृषि विकास बैंकको नाफा सबैभन्दा धेरै २६ प्रतिशतले नाफा घट्दा हिमालयन बैंकको १७ प्रतिशत तथा सानिमाको नाफा १ प्रतिशतले घटेको छ।

गत आर्थिक वर्षको तथ्यांक अनुसार बैंकहरुले औसत नाफा २ अर्ब ८७ करोड रुपैयाँ देखिन्छ । सो अवधिमा नौ वाणिज्य बैंकहरुले औसत भन्दा धेरै नाफा गरेका छन ।

Bank 4th Quarter 2078/079 (000) 4th Quarter 2077/078 (000)
RBB 5,214,247 3,795,477
Global ime bank 5,206,455 4,165,152
Nabil  4,972,756 4,527,553
Nic asia bank 4,525,422 3,258,934
Investment  4,086,384 3,558,606
NMB bank 3,701,317 2,711,074
Prime 3,681,232 3,268,400
Nepal 3,266,085 2,961,230
Siddhartha 3,219,741 2,854,828
Kumari 2,835,234 1,970,730
Mega 2,831,864 2,325,429
Agriculture 2,690,057 3,527,536
Prabhu 2,600,396 1,720,875
Everest bank 2,546,059 1,770,939
Himalayan 2,482,136 2,998,623
Sanima  2,292,909 2,317,821
Standard Chartered 2,269,855 1,398,853
Citizen bank 2,251,171 1,804,341
machhapuchhre 2,160,900 1,607,473
Sunrise 2,150,944 1,446,550
NCC 2,022,222 1,330,625
Bank of kathmandu 1,810,276 1,726,409
SBI bank 1,638,284 963,479
Laxmi 1,603,571 1,575,761
Civil  1,384,685 527,784
Century Commercial 1,357,231 629,320

 

 

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।