ज्योति लाइफले लाभांश वितरण नगर्ने

0
Shares

ज्योति लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ बाट कुनैपनि लाभांश वितरण नगर्ने भएको छ ।

अघिल्लो वर्ष चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीको शुक्रबारको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

ज्योति लाइफको २०७९ साउन २० गते शुक्रबार दिउँसो १ः३० बजे कम्पनीको कर्पोरेट कार्यालय ज्ञानेश्वरमा बसेको सञ्चालक समितिको ११३ औं बैठकले कम्पनीको आव २०७७/७८ को लेखा परिक्षण प्रतिवेदन पारित गरि स्वीकृतिको लागि नियामक निकायमा पठाउने निर्णय गरिएको प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले जानकारी दिए ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।