एभरेष्ट र हिमालयन मर्जरपछि हिमालयन एभरेष्टको सेयर HEI संकेतमा सूचीकृत


मर्जर पुरा गरी एकीकृत कारोबार सुरु गरेको हिमालयन एभरेष्ट इन्स्योरेन्सको नामबाट नेपाल स्टक एक्स्चेञ्जमा सेयर सूचीकृत भएको छ ।

एभरेष्ट इन्स्योरेन्स र हिमालयन इन्स्योरेन्सको साविकको सेयर नयाँ कम्पनीको नामबाट सूचीकरण भएको हो ।

नेप्सेका अनुसार हिमालयन एभरेष्टको सेयर एचइआई (HEI) कारोबार संकेतमा सेयर सूचीकरण भएको हो ।

१०० रुपैयाँ अंकित मूल्यको दरमा हिमालयन एभरेष्ट इस्योरेन्स लिमिटेडको २ करोड २३ लाख ९९ हजार ३६७ कित्ता शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । 

यस अघि हिमालयन जनरल इन्स्योरेन्सको सेयर हुनेहरुको डिम्याट खातामा पहिलो भएकै संख्यामा नयाँ सेयर पाउने छन् भने एभरेष्ट क्ष्न्स्योरेन्सको सेयर लिएकाहरुले ८५ प्रतिशत मात्र सेयर पाउने छन् । कम्पनीले आज भोली नै लगानीकर्ताको डिम्याट खातामा सेयर जम्मा गर्नेछ ।

हिमालय जनरल र एभरेष्ट इन्स्योरेन्स १०० बराबर ८५ को अनुपातमा मर्जरमा गएका थिए । सोही अनुसार हिमालय जनरलको शतप्रतिशत तथा एभरेष्टको ८५ प्रतिशत सेयर समायोजन गरी हिमालयन एभरेष्टको नाममा सूचीकरण गरिएको हो ।

मर्ज पछिको पहिलो कारोबारको लागि एचइआईको ओपनिङ रेञ्ज ५१० रुपैयाँ ४८ पैसा तोकिएको नेप्सेले जनाएको छ ।

दुवै कम्पनीको मर्जर प्रकृया पुरा भई साउन १ गतेदेखि एकीकृत कारोबार सुरु भएको थियो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।