प्रभु बैंक लिमिटेड र त्रिशुली रिभर साइड रिसोर्टका बीच छुट सम्झौता


प्रभु बैंक र त्रिशुली रिभर साइड रिसोर्टका बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

बैंकका तर्फबाट गजुरी शाखाका प्रमुख दिपक सिम्खडा र त्रिशुली रिभर साइड रिसार्टका सञ्चालक उद्दब कंडेलले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

प्रभु बैंक र उक्त रिसोर्टबिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सेवाग्राहीले त्रिशुली रिभर साइड रिसोर्टद्धारा सञ्चालित “फुड”,“वेभरेज” र “लजिङ्ग” सेवामा १० प्रतिशत छुट पाउनेछन् ।

यसका लागि बैंकका सेवाग्राहीले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।