ज्योति लाइफको एसजिएमबाट मर्जर प्रस्ताव पारित, संस्थापक हिस्सा ५१% मा घटाउने

0
Shares

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले साउन २४ गते मंगलबार वाटरफ्रन्ट रिर्सो, लेकसाइड पोखरामा विशेष साधारण सभा (एसजिएम) सम्पन्न गरेको छ ।

उक्त विशेष साधारण सभाले सूर्या लाइफ इन्स्योरेन्स कम्पनी तथा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा मर्जर समितिबाट पेश भएको प्रारम्भिक सम्झौतापत्रको मस्यौदालाई स्वीकृति गरेको छ ।

कम्पनीको विशेष साधारण सभाले नियमनकारी निकायको निर्देशन तथा समयानुकुल पूँजी वृद्धिको आवश्यकतालाई दृष्टिगत गरी अन्य कुनै जीवन बीमा कम्पनी सँग एक आपसमा गाभ्ने र गाभिने तथा प्राप्ति गर्ने प्रयोजनका लागि उपयुक्त जीवन बीमा कम्पनीको पहिचान तथा छनौट एवं स१चालक समिति समक्ष सोको जानकारी तथा सिफारिस गर्ने कार्यको लागि सञ्चालक समितिबाट मर्जर समिति गठन गरिएको निर्णय सभाले अनुमोदन गरेको कम्पनीले जनाएको छ ।

सभाबाट सूर्या लाइफ इन्स्योरेन्ससँग एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर गर्न अख्तियारी प्रदान गर्ने तथा सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि बीमा समिति समक्ष निवेदन दिने प्रस्ताव अनुमोदन गरेको छ ।  सभाले कम्पनीको संस्थापक सेयर हिस्सा १९ प्रतिशतले घटाएर ५१ प्पतिशत कायम गर्ने प्रस्ताव पनि पारित गरेको छ । हाल कम्पनीमा संस्थापक सेयर हिस्सा ७० प्रतिशत र सर्वासाधारण हिस्सा ३० प्रतिशत छ । सभाले गरेको निर्णय अनुसार सेयर संरचना परिमार्जन पश्चात अब कम्पनीमा संस्थापक हिस्सा ५१ प्रतिशत र सर्वसाधारण तर्फको सेयर संरचना हिस्सा ४९ प्रतिशत कायम हुनेछ ।

सेयर कारोबार रोक्काको लागि पत्राचार गर्ने विषयमा सञ्चालक समितिको निर्णय अनुमोदन गर्ने कम्पनीले बीमा समितिको निर्देशन अनुसार पूँजी वृद्धिको मर्जर तथा एक्वीजिसन विषयमा गरिएको सञ्चालक समितिको निर्णय अनुमोदन गरेको हो ।

यसैगरी कम्पनीको सम्पत्ति तथा दायित्वको मुल्याङ्कन गर्न परामर्शदाता, मुल्याङ्कनकर्ता तथा लेखापरिक्षकको नियुक्ती गर्ने सम्बन्धमा कम्पनीको सम्पत्ति तथा दायित्वको मुल्याङ्कन कार्य (डीडीए) गर्नका लागि सञ्चालक समितिबाट मुल्याङ्कनकर्ता नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने गरि भएको निर्णय अनुमोदन गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।