सिजी ल्यान्डमार्कले तेस्रो वार्षिकोत्सवमा ग्राहकलाई आकर्षक छुट दिने

0
Shares

चितवनको भरतपुरस्थित अत्याधु्निक सुविधा सम्पन्न र विश्वस्तरको व्यापारिक कम्प्लेक्स सिजी ल्यान्डमार्कले सञ्चालनको तेस्रो वार्षिकोत्सव भव्य रुपमा मनाउने भएको छ ।

सिजी ल्यान्डमार्कले साउन २७, २८ र २९ गते तीन दिनसम्म विभिन्न मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरेर वार्षिकोत्सव मनाउने तयारी गरेको हो । वार्षिकोत्सवको अवसरमा सिजी ल्यान्डमार्कमा ग्राहक र आगन्तुकले गेम, डान्स, मेहेन्दी, लाइभ म्युजिक, फुडलगायतको मज्जा लिन पाउने मलले जनाएको छ ।

मलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उज्वल केसीले वार्षिकोत्सवको अवसरमा मलमा आउने ग्राहकका लागि गिफ्टको समेत व्यवस्था गरिएको जानकारी दिए ।

सहरभित्रको सहर नाराका साथ सञ्चालन भइरहेको सिजी ल्यान्डमार्कले तेस्रो वार्षिकोत्सवको अवसर पारेर मनसुन फेस्टिभ अफर पनि सार्वजनिक गरेको छ । पछिसम्म चल्ने मनसुन अफर अन्तर्गत मलमा सञ्चालित विभिन्न सामानका आउटलेटहरुले आकर्षक छुट दिनेछन् ।

ग्राहकले मलप्रति दर्शाएको स्नेहबाट उत्साहित हुँदै उनीहरुलाई बेग्लै किसिमको अनुभव दिन भव्य कार्यक्रम गरेर वार्षिकोत्सव मनाउन लागेको केसीको भनाइ छ । केसीका अनुसार सिजी ल्यान्डमार्क चितवनमा विश्वविख्यात ब्रान्डका सामान एकै ठाउँमा पाइने एकमात्र गन्तव्य हो । यहाँ सुविधा सम्पन्न होटल, रेस्टुरेन्ट, सिनेमा हल, सपिङ सेन्टर, सभा हल लगायतका सुविधा उपलब्ध छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।