समृद्धि फाइनान्सको संस्थापक सेयर लिलामीमा, सर्वसाधारणले आवेदन दिन पाउने


समृद्धि फाइनान्सको १० हजार कित्ता संस्थापक सेयर लिलामाीमा आएको छ । फाइनान्सले भदौ २ गतेसम्म सर्वसाधारणले गरिद गर्न पाउने गरि सेयर लिलामीमा राखेको हो ।

विद्यमान संस्थापक सेयरधनीलाई लक्षित गरि यस अघि नै ३५ दिने सूचना सर्वजनिक गरे पनि आवेदन नपरे पछि फाइनान्सले उक्त सेयर सर्वसाधारणलाई बिक्री गर्न खाजेको हो ।

सर्वसाधारणले बबरमलस्थित एनआईसी एशिया क्यापिटलको कार्यालयमा फाइनान्सको संस्थापक सेयर खरिदका लागि भदौ २ गतेसम्ममा आवेदन दिनु पर्ने हुन्छ । कम्तीमा १०० रुपैंया प्रतिकित्ताको दरमा सेयरमा आवेदन दिनु पर्ने क्यापिटलले जनाएको छ ।

फाइनान्सले कुनै किसिमको थप सेयर, बोनस, हकप्रद लगायत घोषणा गरेको खण्डमा उल्लेखित सेयरले पनि पाउने फाइनान्सले जनाएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।