व्याज र कर्मचारी खर्च बढ्दा मिथिला लघुवित्तको खुद नाफामा १५ लाखको वृद्धि


मिथिला लघुवित्तले गत आर्थिक वर्षमा ५ करोड ७६ लाख ५८ हजार रुपैंया खुद नाफा कमाएको छ ।

 

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा लघुवित्तले ५ करोड ६१ लाख ५७ हजार रुपैंया खुद नाफा कमाएको थियो ।

 

समीक्षा अवधिमा लघुवित्तको खुद नाफा १५ लाख रुपैंयाले बढेको हो ।

 

समीक्षा अवधिमा २१ करोड ८४ लाखको व्याज आम्दानीलाई २८ करोड ४२ लाख रुपैंया पुर्याएको लघुवित्तको व्याज खर्च ९ करोड ८४ लाख रुपैंयाबाट बढेर १६ करोड ४२ लाख रुपैंया पुगेको छ । त्यसैगरि कर्मचारी खर्च ४ करोड ४४ लाखबाट बढेर ६ करोड २ लाख पुगेको लघुवित्तले १ करोड ५० लाखको प्रोभिजनलाई घटाएर २७ लाख ९३ हजार कायम गरेको छ । ५३ लाखको राइटव्याकलाई बढाएर १ करोड ३७ लाख रुपैंया पुर्याएको लघुवित्तको निष्कृय कर्जा अनुपात ३.३० प्रतिशतबाट २.६१ प्रतिशतमा झरेको छ ।

 

समीक्षा अवधिमा १२ करोड १७ लाख ४० हजार रुपैंयाको चुक्ता पुँजीलाई १७ करोड ४ लाख ३७ हजार रुपैंया पुर्याएको लघुवित्तको प्रतिसेयर आम्दानी ३३ रुपैंया ८३ पैसा छ ।

 

१५ करोड २३ लाखको जगेडा कोष घटेर ११ करोड ६३ लाख रुपैंया कायम भएको लघुवित्तको प्रतिसेयर नेटवर्थ १६८ रुपैंया २७ पैसा छ । कोषको लागत १०.५५ प्रतिशत रहेको लघुवित्तको मूल्य आम्दानी अनुपात ४०.४१ गूणाले बढी छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।