विद्युत बिक्रीबाट हुने आम्दानी बढ्दा किन ३ करोड नोक्सानीमा गयो छ्याङ्दी हाइड्रो ?


विद्युत बिक्रीबाट हुने आम्दानीमा राम्रो सुधार हुँदा पनि छ्याङ्दी हाइड्रो पावर नोक्सानीमा गएको छ ।

हाइड्रोले अघिल्लो आर्थिक वर्षमा ९७ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएकोमा गत आर्थिक वर्षमा ३ करोड ३९ लाख ४१ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ ।

अघिल्लो आर्थिक वर्षमा कम्पनीले नेपाल विद्युत प्राधिकरणलाई ४ करोड ८० लाख ७९ हजार रुपैयाँको विद्युत बिक्री गरेकोमा गत आर्थिक वर्षमा ७ करोड ८१ लाख रुपैयाँको विद्युत बिक्री गरेको थियो ।

अन्य आम्दानी पनि बढेको कम्पनीको सञ्चालन खर्च ४२ लाख रुपैयाँबाट बढेर १ करोड ४८ लाख रुपैंया पुगेको छ । प्रशासनिक खर्च पनि ५७ लाखबाट बढेर १ करोड २२ लाख रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा १ करोड ९७ लाख रुपैंयाको वित्तीय खर्च ६ करोड ९ लाख रुपैयाँ पुगेको कम्पनीको डिप्रिसिएसन ८४ लाखबाट २ करोड ४४ लाख रुपैयाँ पुगेको छ ।

व्यापार बढ्दै गर्दा खर्चका अधिकांश शीर्षकमा आएको बढोत्तरीका कारण कम्पनीको खुद नाफा ३ करोड ३९ लाख ४१ हजार रुपैंयाले ऋणात्मक भएको हो । योसँगै कम्पनीको अघिल्लो आर्थिक वर्षको ३ रुपैयाँ २९ पैसाको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ७७ पैसाले ऋणात्मक भएको छ ।

समिक्षा अवधिमा २९ करोड ७६ लाख ७५ हजार रुपैयाँ ३८ करोड ६९ लाख ७७ हजार रुपैयाँ पुर्याएको कम्पनीको जगेडा कोष १ करोड २ लाख ८८ हजारबाट २ करोड ५४ लाख ९५ हजार रुपैयाँले ऋणात्मक भएको छ । कम्पनीसँग १ करोड ८९ लाख ९१ हजार रुपैंया सेयर प्रिमियम सञ्चित छ ।

प्रतिसेयर नेटवर्थ ९८ रुपैंया ३२ पैसा रहेको कम्पनीको मूल्य आम्दानी अनुपात २८.५ गूणाले ऋणात्मक छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।