रिडी पावर लिमिटेडको सेयरमूल्यमा नकारात्मक सर्किट

0
Shares

मर्जरपछि बनेको रिडी पावर कम्पनी लिमिटेडको सेयरमूल्य नकारात्मक सर्किट लागेको छ ।

सोमबार कारोबार खुलको पाँच मिनेट नपुग्दै कम्पनीको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको हो । ७०८ रुपैयाँमा कारोबार खुलेको कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशत अर्थात ७०.८० रुपैयाँ घटेर ६३७.८० रुपैयाँमा झरेको छ ।

नेप्सेको मार्केट डेप्थमा कम्पनीको सेयर नकारात्मक सर्किट मूल्य ६३७.८० रुपैयाँमा १ लाख ३७ हजार कित्ता बिक्रीका लागि १५९ वटा आदेश देखिएको छ ।

तत्कालीन समयमा नेप्से उच्च अंकमा रहेका कारण सबैजसो कम्पनीको सेयरमूल्य उच्च रहेको समयमा दुई कम्पनीबीच मर्जर सम्झौता भएको थियो । सोही कारण कम्पनीके सेयरमूल्य उच्च बिन्दुमा कारोबार बन्द भएको थियो । हाल सबैजसो जलविद्युत कम्पनीको सेयरमूल्य घटेर न्यून बिन्दुमा झरेकाले रिडीको पनि सेयरमूल्य ओरालो लागेको हो ।

साबिकको रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको मर्जर पश्चात कायम भएको १ करोड १० लाख ६३ हजार ५८० कित्ता सेयर सेयर आइतबार नेप्सेमा सूचीकृत भएको थियो । साबिकको रिडी हाइड्रोपावरको नाममा रहेको ५८ लाख ५५ हजार ५८० कित्ता र रैराङको नाममा रहेको ५२ लाख ८ हजार कित्ता गरी कुल १ करोड १० लाख ६३ हजार ५८० कित्ता सेयर सूचीकृत भएको थियो ।

आइतबार नेप्सेमा रिडी पावर कम्पनी लिमिटेडको नाममा उक्त सेयर सूचीकृत भएपछि कम्पनीको सेयर कारोबारका लागि ७०८.६० रुपैयाँ ओपनिङ रेन्ज दिएको थियो । कम्पनीको पहलिो कारोर नै २ प्रतिशत मूल्य घटेर ६९४.५० रुपैयाँमा भएको थियो । धितोपत्र बजारमा कम्पनीको सेयर आरआईडीआई कारोबार संकेतमा कारोबारमा आएको छ ।

रिडी र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीबीच १ः०.९३ को अनुपातमा मर्जर भएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।