सानिमा बैंकको हरितालिका तीजमा कोसेली

0
Shares

सानिमा बैंकले हरितालिका तीजको अवसरमा सम्पूर्ण नारीहरुका लागि तीजको कोसेली योजना सार्वजनिक गरेको छ ।

उक्त योजना अन्तर्गत सानिमा नारी बचत खाता खोल्ने ग्राहकहरुलाई डेविट/क्रेडिट कार्ड, डिम्याट खाता, मेरो सेयर, मोबाइल बैंकिङ्ग, एनसेल सिम कार्ड, यूएसडि इ–कार्ड (पहिलो टपअप) निःशुल्क जारी गरिनेछ ।

साथै, लकर शुल्कमा ७५% छुट प्राप्त गर्न सक्नुहुनेछ । यसैगरी पहिलो पस कारोबारमा १०% वा अधिकतम ५०० रूपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यो योजना २०७९ भाद्र १ देखि भाद्र १५ गतेसम्म लागू हुनेछ । साथै, क्यासब्याक योजना २०७९ भाद्र मसान्तसम्म लागू हुनेछ ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।