वाणिज्य बैंकहरूको निक्षेपमा पाँच वर्ष यताकै उच्च गिरावट 


चालु आर्थिक वर्षको साउन महिनामा पछिल्लो ५ वर्ष यताकै उच्च दरमा बैंकहरूको निक्षेप घटेको छ । यो साउनामा मात्र वाणिज्य बैंकहरूबाट १२१ अर्ब रुपैयाँ निक्षेप घटेको हो । 

गत आर्थिक वर्षको असार महिनामा मात्र १४१ अर्ब रुपैयाँ निक्षेप थपिएको थियो । हरेक आर्थिक वर्षको अन्तिम महिना अर्थात असारमा सरकारी खर्च तथा भुक्तानी बढ्ने भएकाले त्यसले बैंकहरूको निक्षेप वृद्धिमा पनि योगदान गर्दे आएको छ ।  

तर, चालु आर्थिक वर्षको पहिलो महिनामा नै बैंकहरूबाट बिना कुनै कर्जा लगानी १२१ अर्ब रुपैयाँ निक्षेप झिकिएको हो । बैंकहरूबाट एकोहोरो रुपमा निक्षेप झिकिएपछि बङ्करहरू समेत आत्तिन थालेका छन । आयातमा गरिएको सीमितता बाबजुद पनि निरन्तर निक्षेपमा आएको गिरावटले आगामी दिनमा पनि बैंकहरूले सहज कर्जा लगानी गर्न सक्ने अवस्था देखिदैन ।

साउन महिनामा नेपाल आयात निगमले इन्डियन आयल कर्पोरेसनलाई भुक्तानी दिएका कारणले पनि निक्षेपमा गिरावट आएको एक बैङ्करले जानकारी दिए । त्यसका साथै सरकारी खातामा पनि भुक्तानी भएकाले पनि बैंकहरूको निक्षेप उच्च दरमा घटेको उनको बुझाइ छ । त्यतिमात्र नभै असार अन्तिममा बैंकहरुले कृत्रिम निक्षेप सृजना गरेको हुनाले पनि साउनमा निक्षेप घटेको देखिएको ती बैंकको भनाइ छ । गत असार महिनामा बैंकहरूले करिब २५ देखि ३० अर्ब रुपैयाँ बराबरको कृत्रिम निक्षेपका लागि एक अर्कामा राखिएको निक्षेप झिकेपछि त्यसले पनि असर गरेको जानकारी उनले दिए ।

गत असार अन्तिम देखि साउन २७ गतेसम्ममा बैंकहरूबाट १२१ अर्ब निक्षेप घटेको छ । तर, यो अवधिमा बैंकहरूको कर्जा लगानी ठप्प रहेको छ ।  बैंकहरूले आर्थिक वर्ष सुरु भएसँगै नयाँ लगानीका क्षेत्रहरू पहिचान गर्ने र कर्जा लगानी बढाउने गर्छन । तर, चालु आवको पहिलो महिनामा त्यो हुन सकेन । 

आर्थिक वर्ष २०७६र०७६ को साउन महिनामा १५ अर्बले मात्र निक्षेप घटेको थियो । त्यसैगरी आर्थिक वर्ष २०७६र०७७ मा २३ अर्बले घटेको निक्षेप आव २०७७र०७८ मा ८ अर्बले मात्र घटेको थियो । गत आर्थिक वर्षमा साउनमा भने ७८ अर्ब निक्षेप घटेको छ । तर, चालु आवको साउनमा असार महिनामा संकलन गरेको करिब सबै निक्षेप बैंकहरूबाट बाहिरिइसकेको अवस्था छ । 

गत असार अन्तिममा बैंकहरूले कुल निक्षेप ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप थियो भने साउन २७ गतेसम्म त्यो घटेर ४४ खर्ब २१ अर्बमा झरेको छ । त्यसैगरी यो अवधिमा बैंकहरूको कर्जामा भने कुनै परिवर्तन नआई ४१ खर्ब ७५ अर्ब  नै रहेको छ । यो अवधिमा बैंकहरुको औसत कर्जा निक्षेप अनुपात ८८।३५ प्रतिशत रहेको छ । निक्षेपमा आएको गिरावट र बढेको कर्जा निक्षेप अनुपातले आगामी दिनमा बैंकहरूले कर्जा लगानी गर्न सक्छन् भन्न देखिदैन । आर्थिक वर्षको सुरुवातीमा नै बैंकहरूमा तरलता तथा कर्जा लगानी योग्य रकमको अभावमा देखिन थालेको छ । यसले आगामी दिन झनै जटिल रहेको स्पष्ट हुन्छ।   

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।