४ रुपैयाँ प्रतिसेयर आम्दानी र ११३ गूणा बढी मूल्य आम्दानी अनुपात रहेको कम्पनीको सेयर मूल्य ४९५ ?


चुक्ता पुँजी वृद्धि गर्दा खुद नाफा घटेपछि प्रतिसेयर आम्दानी र मूल्य आम्दानी अनुपात कमजोर बनेको एक कम्पनीको सेयर मूल्य ५०० रुपैयाँ नजिक छ ।

पुँजी बढ्दा मैलुङ खोलाको खुद नाफामा भारी गिरावट आएसँगै सबै सूचकहरु कमजोर देखिएका हुन् ।

पुँजी बढेर नाफा घटेका कारण कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ३४ पैसाबाट ४ रुपैंया ५१ पैसामा झरेको छ । प्रतिसेयर नेटवर्थ १०५ रुपैयाँ ५५ पैसा रहेको कम्पनीको मूल्य आम्दानी अनुपात ११३.०१ गूणाले बढी छ भने मंगलबार दोस्रो बजारमा कम्पनीको प्रतिकित्ता सेयर ४९५ रुपैंयामा कारोबार भइरहेको छ ।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासासको अन्त्यमा २९ करोड ४५ लाख रुपैयाँ रहेको चुक्त पुँजीलाई ३६ करोड ८१ लाख रुपैयाँ पुर्याएको कम्पनीको विद्युत बिक्री घटेको छ । अन्य खर्चका शीर्षकहरु पनि बढेका कारण कम्पनीको खुद नाफा २ करोड ७५ लाखबाट घटेर १ करोड ६६ लाख रुपैयाँ कायम भएको छ ।

कम्पनीको जगेडा कोषमा २ करोड ४ लाख रुपैयाँ सञ्चित छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।