गुराँस लाइफ इन्स्योरेन्सको बढाएर लाभांश प्रस्ताव

0
Shares

गुराँस लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ बाट सेयरधनीलाई ७.८३४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । आव २०७५/७६ को तुलनामा कम्पनीले २.०४ प्रतिशत बढी लाभांश वितरणको प्रस्ताव गरेको हो ।

कम्पनीको २०७९ साउन ३० गते सोमबार बसेको संचालक समितिको १८९ औं बैठकले सेयरधनीलाई आ.व. २०७६/७७ सम्मको संचित मुनाफाबाट ७.४४ प्रतिशत बोनस र सो को कर प्रयोजनका लागि ०.३९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

यसअनुसार कम्पनीले हाल कायम चुक्ता पुँजी २ अर्ब ८ करोड ४२ लाख ५० हजार रुपैयाँको ७.४४२४८५ प्रतिशतले हुन आउने १५ करोड ५१ लख २० हजार बराबरको बोनस सेयर र सो मा लाग्ने कर वापत ०.३९१७१ प्रतिशत ले हुन आउने ८१ लाख ६४ हजार २१० रुपैयाँ ५३ पैसा नगद लाभांश (कर प्रयोजनका लागि मात्र) वितरण गर्ने प्रस्ताव पारित गरि वित्तिय विवरणहरु स्वीकृत गरेको हो ।

प्रस्तावित उक्त लाभांश बीमा समिति र आगामी साधारण सभाबाट पारित भए पश्चात वितरण गर्ने निर्णय भएको कम्पनीका सचिव बोधलाल पुरीले जानकारी दिए । उक्त बोनस वितरणपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब २३ करोड ९३ लाख ६९ हजार ९९४ रुपैयाँ पुग्नेछ ।

आव २०७५/७६ को तुलनामा कम्पनीले चुक्ता पुँजीको ५.५००४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२८९५ प्रतिशत नगद गरी कुल ५.७८९९ प्रतिशत लाभांश वितरण गरेको थियो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।