ओरियण्टल होटल अझै नोक्सानीमा, व्यापार बढ्दा के ले गर्यो असर ?


ओरियण्टल होटल (¥याडिसन) को व्यवसाय सुधार हुँदै जाँदा नोक्सानी नाफामा परिणत हुन नसकेको वित्तीय विबरण सार्वजनिक गरेको छ ।

होटलले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा होटल सञ्चालनबाट ४६ करोड ७५ लाख रुपैंया आम्दानी गरेको छ । कोरोना महामारीका कारण अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ६ करोड ७७ दाख रुपैंया मात्र यस्तो आम्दानी गरेको थियो । समीक्षा अवधिमा होटल सञ्चालनबाट हुने आम्दानी ४० करोड रुपैंयाले बढे पनि होटल सञ्चालनमा आएसँगै विविध खर्चका शीर्षकहरु बढेका छन् ।

सप्लाई तथा कर्मचारी खर्चमा आएको भारी वृद्धिm प्रसाशनिक खर्चमा भएको वृद्धिका कारण होटलको कुल खर्च ४६ करोड १९ लाख रुपैंया पुगेको छ । होटल सञ्चालनबाट भएको आम्दानीमा कुल खर्च समायोजन गर्दा २ करोड १३ लाख रुपैंया सञ्चालन मुनाफा गरेको होटलले ५ करोड ३३ लाख रुपैंया वित्तीय खर्च गरेको छ ।

उक्त खर्च समायोजन गर्दा होटल अझै ३ करोड २० लाख रुपैंया खुद नोक्सानीमा गएको हो ।

अघिल्लो आर्थिक वर्षमा होटलको खुद नोक्सानी २० करोड ३६ लाख रुपैंया थियो । सीक्षा अवधिमा होटलले खुद नोक्सानीको आकार १७ करोडले घटाएको हो । नोक्सानी घटाउँदै गर्दा होटलको प्रतिसेयर आम्दानी २ रुपैंया ८४ पैसाले ऋणात्मक छ भने प्रति सेयर नेटवर्थ १७६ रुपैंया ५९ पैसा तथा मूल्य आम्दानी अनुपात १७०.१५ गूणाले ऋणात्मक छ ।

चुक्ता पुँजी १ अर्ब १२ करोड ८० लाख रुपैंया रहेको होटलको जगेडा कोषमा ८६ करोड ४० लाख रुपैंया सञ्चित छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।