तीजसँगै भदौभरी सनराइज बैंकको महिला लक्षित अफर


हरितालिका तिजको अवसर पारेर महिलाहरुलाई लक्षित गर्दै सनराइज बैंकले विशेष योजना सुरु गरेको छ ।

तिजको किनमेललाई मध्य नजर गर्दैै बैंकले भदौ १ गते देखि १७ गतेसम्म सनराइज नारी बचत खाता हुने सम्पूर्ण महिलाहरुलाई पहिलो कारोबारमा १५ प्रतिशत सम्म वा ५०० रुपैयाँ नबढ्ने गरी क्यासव्याक दिने व्यवस्था गरेको छ ।

साथै भदौ महिनाभरी सम्पूर्ण नारी बचत खाता खोल्ने वा खाता भएका नारीहरुले पहिलो वर्षको लागि डेबिट कार्ड, मोबाइल बैंकिङ, डिम्याट खाता, मेरो सेयर तथा क्रेडिट कार्ड निशुल्क पाउने बैंकले जनाएको छ ।

गरगहना राख्नका लागि ५० प्रतिशत छुटमा लकर सुविधा लिन सकिने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सन्राइज बैंकले सन्राइज नारी बचत खातामा १० हजार रुपैयाँसम्मको प्रसुती खर्च र ५ लाख सम्मको घातक रोग खर्च दिदै आएको छ । साथै स्वास्थ्य योजना अन्तर्गत १ लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा र ५ लाखसम्मको दुर्घटना बीमा समेत दिदै आएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।