नाडा इभी एक्सपो २०२२ को स्टल बुकिङ खुल्यो


आगामी असोज ६ गते देखि ९ गतेसम्म काठमाडौंको भृकुटी मण्डप प्रदर्शनी हलमा आयोजना हुने नाडा इभी एक्स्पो २०२२ को स्टल बुकिङ खुल्ला भएको छ ।

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालद्वारा नेपालमै पहिलो पटक आयोजना गर्न लागेको इभि एक्सपो २०२२ को स्टल बुकिङ ४ दिनका लागि खुल्ला गरिएको हो ।

नाडाका अनुसार उक्त इभि एक्सपोका लागि भदौ १ गतेदेखि ५ गतेसम्म स्टल बुकिङ खुल्ला गरिएको हो ।

एक्स्पोमा सहभागी हुन चाहने सबैलाई सहभागिताका लागि अनुरोध गर्दे नाडाले सबै पक्षबाट आवश्यक सहयोग पाउने विश्वास व्यक्त गरेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।