एनएमबिका ग्राहकले बुद्ध र यती एयरमा क्यासब्याक पाउने


चाड पर्वलाई मध्य नजर गर्दै एनएमबि बैंकले क्यासब्याक अफर सुरु गरेको छ ।

एनएमबिका ग्राहकले अब बुद्ध एयर र यती एयरको एप र वेवबाट एनएमबि बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गरी टिकट खरिद गर्दा छुट पाउने भएका हुन् ।

बुद्ध र यती एयरको टिकट काट्दा एनएमबि बैंकको डेबिट कार्डबाट भुक्तान गर्नेहरुले ३५० रुपैयाँ र क्रेडिट कार्डबाट भुक्तान गर्नेहरुले ५०० रुपैयाँ छुट पाउने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

क्यासब्याक सुबिधाको लागि ग्राहकहरूले आफ्नो एनएमबि कार्डहरूमा ई–कमर्स सक्रिय गर्नु पर्ने बैंकले जनाएको छ । यो सुविधा सिमित अवधिको लागी मात्र उपलब्ध हुनेछ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत सेवा प्रदान गर्दै आइरहेका छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।