स्मार्टच्वाइस टेक्नोलोजिज र आईसीएफसी फाइनान्सबीच सम्झौता


आईसीएफसी फाइनान्स लिमिटेड र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) बीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहक लक्षित स्मार्ट क्यू आर प्रयोग सम्बन्धि सम्झौता भएको छ ।

सेवा विविधिकरणको यो नयाँ आयाम पश्चात आईसीएफसी फाइनान्स लिमिटेडका ग्राहकहरुले बैंकको मोबाईल बैंकिङ्ग एप प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्यू आर मार्फत गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।

सम्झौतापत्रमा स्र्माटच्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र आईसीएफसी फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तले हस्ताक्षर गरेका छन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।