इमर्जिङ नेपालको लगानीमा सिमीकोटमा होटल एलिस द अन्डर इन सञ्चालनमा आउँदै


होटल एलिस द अन्डर इन सञ्चालनमा आउने भएको छ ।

इमर्जिङ्ग नेपालको लगानीमा निर्र्माणकार्य भईरहेको होटल एलिस आगामी महिनादेखि सञ्चालनमा आउने भएको हो ।

कर्णाली प्रदेशको हुम्ला जिल्लाको सदरमुकाम सिमिकोटमा निर्माण भएको होटल एलिस ख्यातिप्राप्त धार्मिक स्थल मानसरोवर जाने प्रवेशद्धारमा पर्दछ ।

हुम्ला आफैमा पर्यटकीय स्थल रहेकाले पर्यटनको लागि रमणीय स्थलहरु रहेका छन् । पर्यटकीय दृष्टिकोणले निकै नै रमणीय रहेकोले आन्तरिक तथा बाह्य पर्यटक यो गन्तव्यमा आकर्षित हुने वाताबरण छ ।

होटलले आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि विभिन्न ट्राभल एजेन्सीहरु मार्फत व्यक्तिगत, कर्पाेरट प्याकेज सहितको सेवा प्रदान गर्ने जनाएको छ ।

मानसरोवर जाने तिर्थयात्रीहरुको लागि हुम्लाको सिमिकोट प्रवेशद्धार भएकाले धार्मीक पर्यटन प्रबद्र्धनमा होटलले महत्वपूर्ण भूमिका खेल्ने कम्पनीको विश्वास छ ।

होटल पर्यटन र पारिवारिक जमघटको लागि उपयुक्त र रमणीय वातावरणमा सञ्चालन भएकाले पर्वतीय पर्यटन विकासमा कोसेढुंगा हुने होटलले विश्वास लिएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।